Corona Virus

राष्ट्रिय फुटबल टोलीको क्याम्पमा रहेका एक खेलाडीमा कोरोना पुष्टि

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीको क्यापमा रहेका एक खेलाडीमा कोरोना भाईरस पुष्टि भएको छ। खेलाडीको नाम भने खुलाइएको छैन। उनलाई सेल्फ आइसोलेसनमा बस्न सुझाव दिइएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप र एसिया कप छनोटको खेलहरुका लागी प्रशिक्षण क्याम्पमा बोलाए पछि दुई चरणमा पिसिआर टेस्ट गराएको थियो।

एन्फाले पहिलो चरणमा टोलीको १३ सदस्य सहित १२ कर्मचारीहरु र दोस्रो चरणमा २३ खेलाडी र ६ पदाधिकारीहरुको पिसिआर टेस्ट गराएको थियो।

एसियाली फुटबल महासंघले विश्वकप र एसिया कप छनोटका खेलहरुका लागि गरेको प्रस्तावित मितिलाइ धकेल्दै २०२१ सम्म स्थगित गर्ने भए सँगै राष्ट्रिय टोलीको प्रशिक्षण पनि रोकिएको छ । एन्फाले प्रतियोगिता स्थगित भएसंगै सबै खेलाडीहरुलाइ घर फर्काइसकेको छ।

Click to comment

Trending