Headline

स्टेडियमको बिलासी कोठामा जीवन बिताउदा गरिब पक्राउ

Published

on

अमेरिकाको फ्लोरिडा राज्यस्थित सेन्ट पिटर्सबर्गको एक रंगशालाको कोठामा लामो समयदेखि बसिरेहेको थाहा भएपछि गरीब व्यक्तिलाई पक्राउ गरिएको छ ।

अल लाङ रंगशालामा सफाइ गर्ने कामदारहरुले कोठामा कम्बल, रेजर र दारी काट्ने मेसिनहरु भेटाएपछि ३९ बर्षिय ड्यानियल अल्बर्ट नेजालाई पक्राउ गरेका हो । उनी त्यहाको सुइट रुम (निकै महँगो पर्ने बिलासी कोठा) मा नवाबी शैलिमा बस्दै आएका थिए । सिसीटिभी फुटेजको मद्दतले पक्राउ परेका नेजा रंगशालाको क्यान्टिन र स्टोरहरूमा डुलिरहेको देखिएपछि पक्राउ परेका थिए ।

यो स्टेडियम हाल अमेरिकि दोस्रो डिभिजनको लिग खेल्ने क्लब टम्पा बे राउडिजले प्रयोग गर्दै आइरहेको छ । फुटेजको अनुसार उनी जुलाई २६ देखी त्यही बस्दै आइरहेका थिए । उनी सफाई कर्मचारीहरुसँगै रंगशाला प्रवेश गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

कोभिड–१९ महामारीका कारण सरसफाइ गर्ने टोली रंगशालामा नआउने र खेलहरु पनि रोकिएका कारण नेजाले सम्भव भएसम्मको सबै समय रंगशालामै बिताएका थिए ।
पक्राउ पुर्जि अनुसार नेजाले रंगशालामा बस्दा १ हजार ४३ डलरको लुगा र २ सय ५० डलरको पेय पदार्थ खाएको फ्लोरिडा पुलिसले बताएको छ ।

नेजालाई हिंसा बिहिन चोरी र प्रहरी अधिकारीलाई रोकेको आरोप लगाइएको छ । उनलाई हाल पिनेलास काउन्टी जेलमा ५ हजार १ सय ५० डलरको जमानतमा राखिएको छ ।

Click to comment

Trending