Headline

मेस्सी भर्सेस बायर्नः कस्ले मार्ला बाजी ?

Published

on

२०२० कै सबैभन्दा ठूलो फुटबल म्याचमा जर्मन महारथी बायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनासँग च्याम्पियन्स लिगको तेश्रो क्वार्टर फाइनलमा भिड्न गइरहेको छ ।

लगातार आठौ पटक बुन्डेसलिगा जित्दै उत्कृष्ट फममा रहेको बायर्नलाई धेरै बर्सिलोना भन्दा बलियो मानेका छन् । बायर्नलाई च्याम्पियन्स लिगकै उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ । च्याम्पियन्स लिग जित्दै ट्रेबल जित्ने दाउमा रहेको बायर्नलाई बार्सिलोना नै तगारो नबने पनि लियोनल मेस्सीको चिन्ता रहने भने देखिन्छ ।

हुन पनि यो सिजन बार्सिलोनालाई एक्लै अघि बढाएका मेस्सी टोलीको सर्वाधिक गोलकर्ता र असिस्टकर्ता हुन् ।

स्पेनिस लिग ला लिगामै हेर्ने हो भने कोरोना भाईरस पछि अग्रस्थानमा रहदै लिग सुरु गरेको बार्सिलोनाले आफ्नो चिर प्रतिद्वन्दी रियल म्याड्रिडलाई उपाधि सुम्पन पुगेको थियो । ला लिगा भरी बर्सिलोनाका लागि ३३ गोल र २५ असिस्ट गर्दै दुवै बिधाको व्यक्तिगत उपाधी जितेका मेस्सीले लुइस सुवारेज र अर्का स्ट्राइकर एन्टोनियो ग्रिजमन भन्दा धेरै गोल गरेका छन् ।

केही दिन अघि मात्रै बायर्न मिडफिल्डर लियोन गोरेज्काले पनि मेस्सीलाई रोक्न योजना बनाइरहेको बताएका थिए । यही कारण पनि यो खेललाई बर्सिलोना विरुद्ध बायर्न भन्दा पनि मेस्सी विरुद्ध बायर्न भन्न सुहाउदो छ ।

उच्च फर्ममा रहेको बायर्न आफ्नो स्टार फर्वार्ड रोबर्ट लेवानडस्की र फर्ममै रहेका अन्य युवा खेलाडीहरु सर्जी नाब्री, अल्फोन्सो डेभिस, जोशुवा किमिच र किङ्स्ले कोमानको उत्कृष्ट खेलको प्रतिक्षामा रहने छ । ईतिहास पनि पल्टाउने हो भने युरोपियन प्रतियोगिताहरुमा बार्सिलोनाले अन्य कल्बको तुलनामा बायर्नसँग सबै भन्दा धेरै खेल हारेको छ । गएका आठ खेलमा बार्सिलोना बायर्नसँग पाँच पटक पराजित भएको छ ।

तर २०१४–१५ को सिजनमा भएको यि दुई बिचको पछिल्लो च्याम्पियन्स लिग भिड्न्तमा बर्सिलोनाले बायर्नलाई पाखा लगाएको थियो । दुवै टोलीले ५–५ पटक च्याम्पियन्स लिग जितेका छन् ।

पोर्चुगलको लिस्बनमा हुने खेल नेपाली समय अनुसार राती १२ः४५ मा हुने छ ।

Click to comment

Trending