Headline

एट्लेटिकोलाई हराउदै पहिलो पटक आरबी लाइपजिग च्याम्पियन्स लिगको सेमीफाइनलमा

Published

on

एट्लेटिको म्याड्रिडलाई हराउदै २-१ ले जर्मन क्लब आरबी लाइपजिग च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ।

पहिलो हाफ गोल रहित रहेको खेलमा दोस्रो हाफमा भने कुल तीन गोल भएको थियो। लाइपजिगका लागि पहिलो गोल डानी ओल्मोले ५० औँ मिनेटमा गरेका थिए। खेललाई बाराबरीमा फर्काउने क्रममा एट्लेटिकोको लागि बैकल्पिक खेलाडीको रुपमा आएका जाओ फिलेक्सले पेनाल्टी मार्फत ७१ औँ मिनेटमा गोल गरेका थिए।

लाइपजिगका लागि भने बिजयी गोल भने टाइलर एडम्सले ८८ औँ मिनेटमा गरेका थिए। एडम्सले प्रहार गरेको सट एट्लेटिकोका डिफेन्डर स्टेफन साभिकलाई लाग्दै गोल हुन पुगेको थियो।

यो सँगै एट्लेटिकोको यो पटकको च्याम्पियन्स लिग यात्रा याही समाप्त भएको छ भने क्लबको ईतिहासमै लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ।

Click to comment

Trending