Headline

दोश्रो टेस्टको पहिलो दिन पाकिस्तानको खराब ब्याटिङ

Published

on

इंग्ल्यान्ड विरुद्धको दोश्रो टेस्टको पहिलो दिनको खेलमा पाकिस्तानले खराब ब्याटिङ प्रदर्शन गरेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले वर्षाका कारण खेल रोकिनु अघि ४५ दशमलब चार ओभर ब्याटिङ गर्दै पाँच विकेटको नोक्सानीमा १२६ रन मात्र बनाएको छ ।

पहिलो टेस्टको पहिलो पारीमा १५६ रनको पारी खेलेका शान मसूद एक रन मात्र बनाएर आउट भए पछि पाकिस्तानले खराब सुरुवात गर्यो । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान अजर अलीले अर्का ओपनर अबिद अलीसँग मिलेर दोश्रो विकेटका लागि ७२ रन जोड्दै पाकिस्तानको पारी सम्हाल्ने कोसिस गरे । तर २० रन बनाएका कप्तान अजर र पाकिस्तानको तर्फबाट सर्वाधिक ६० रन अबिद लगातार रुपमा आउट भए पछि पाकिस्तान १०२ रनको स्थितिमा तीन विकेट गुमाउन पुग्यो ।

त्यस पछि आएका अशद शफिक पाँच तथा ११ वर्ष पछि पाकिस्तानको टेस्ट टोलीमा परेका फवाद आलमले रनको खाता सम्म पनि खोल्न सकेनन् । पहिलो दिनको खेल वर्षाले रोकिनु अघि बाबर अजाम २५ तथा विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवान चार रनमा अविजित छन् ।

पाकिस्तानको पारी ध्वस्त पार्ने क्रममा जेम्स एन्डरसनले दुई विकेट हात पारे भने स्टुवार्ट ब्रोड, साम कुर्रान र क्रिस वक्सले समान १-१ विकेट हात पारे ।

तीन खेलको टेस्ट शृङ्खलामा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । इंग्ल्यान्ड पहिलो टेस्टमा तीन विकेटको रोमान्चक जित हात पारेको थियो ।

Click to comment

Trending