Headline

मतुइडीले युभेन्टस छाडे, अमेरिकामा डेभिड बेकह्यामको क्लब जाने

Published

on

युभेन्टसका मिडफिल्डर ब्लेज मतुइडी इटालियन च्याम्पियनलाई छोडेपछि अब अमेरिकाको मेजर लिग सकर (एमएलएस) जाने चर्चा चलेको छ ।

३३ बर्षिय मतुइडी इङ्गल्यान्डका पुर्व कप्तान डेभिड बेकह्यामको इन्टर मायामी जाने चर्चा चल्न थालेको हो । यसका लागि मतुइडी र युभेन्टस दुबैले उनको अन्तिम बर्षको सम्झौता पनि रद्द गर्ने भइसकेका छन् ।

फ्रान्सका विश्वकप विजेता मतुइडीले युभेन्टसको लागि हालै सक्किएको सिजनमा सबै प्रतियोगिता गरेर ४५ खेल खेलेका थिए । मायामीले यस सिजन आफुले खेलेका सबै पाँचवटा खेलमा नै पराजित भएको थियो ।

मतुइडी २०१७ मा युभेन्टस आएका थिए । उनलाई पेरिस सेन्ट जर्माइनबाट आफ्नो क्लबमा आबद्ध गर्न युभेन्टसले ३० दशमलब पाँच मिलियन युरो खर्च गरेको थियो ।

Click to comment

Trending