Headline

पाकिस्तानी क्रिकेटर कानेरियाको राम मन्दिरलाई लिएर विवादित अभिब्यक्ती

Published

on

पाकिस्तानका पूर्व क्रिकेटर दानिश कानेरिया भारतको अयोध्यामा स्थापित विवादित राम मंदिर घुम्ने चासो देखाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको अगस्ट ५ मा राम मन्दिरको आधारशिला राखेका थिए। । स्थानीय हिन्दू समुदायको उत्साहका बाबजुद, कोरोना भाईरसका कारण कडा सुरक्षा बिच उक्त कार्यक्रम गरिएको थियो।

पाकिस्तानका लेग स्पिनर कानेरियाले हिन्दू समुदायका लागि ऐतिहासिक दिन भन्दै ट्वीट गरेका थिए। उनले टुविटरमा मन्दिरमा भगवान रामको आशीर्वाद लिन भारत भ्रमण गर्न चाहेको बताएका थिए।

इङ्ल्यान्डमा भएको काउन्टी क्रिकेटमा म्याचफिक्सिङ गरेको आरोपमा आजीवन प्रतिबन्धमा रहेका कानेरियाले यस अघी आफु हिन्दू भएकै कारण पाकिस्तानी टोलीमा ठुलो बिभेद शहनु परेको बताउदै आएका थिए।

भारतमा राम मन्दिरको निर्माणका लागि जग खनिए पछी हिन्दू समुदाय निकै खुशी भए पनि मुस्लिम समुदायले भने रोष प्रकट गर्दै आएको छ। मुस्लिम समुदायले त्यहा रामको मन्दिर नभएर मस्जिद बनाउनु पर्ने माग गर्दै आएका छन्।

कानेरियाको अयोध्यालाई लिएर आएको पछिल्लो अभिब्यक्तीले  उनलाई पाकिस्तानमा खलनायकको रुपमा हेरिने स्पष्ट भएको छ।

Click to comment

Trending