Headline

एन्फामा एक खेलाडीको पुन पिसिआर परिक्षण गर्नु पर्ने

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको कोरोना भाईरस (कोविड-१९ ) को दोस्रो चराणको पिसिआर परीक्षणमा एक खेलाडीको पुन पिसिआर परिक्षणमा गर्नु पर्ने भएको छ । एन्फाले एक जनाको  फेरी फलो अप गर्नु पर्ने बताए पनि  कोरोना भए नभएको खुलाएको छैन ।

एन्फा निकट स्रोतले भने उनि खेलाडीनै रहेको सम्म मात्र जानकारी दिए । एन्फाले भने ति खेलाडी भएको स्पष्ट जनाएको छैन ।

यस अघि भदौ १ देखी प्रशिक्षण सुरु गर्ने भएका कारण गरिएको पिसिआर टेस्ट गरिएको थियो  । एन्फाले पहिलो चरणमा टोलीको १३ सदस्य सहित १२ कर्मचारीहरु र दोस्रो चरणमा २३ खेलाडी र ६ पधादिकारीहरुको पिसिआर टेस्ट गराएको थियो।

एसियाली फुटबल  महासंघले विश्वकप र एसिया कप छनोटका खेलहरुका लागि गरेको प्रस्तावित मितिलाइ धकेल्दै  २०२१ सम्म स्थगित गर्ने भए सँगै राष्ट्रिय टोलीको प्रशिक्षण पनि रोकिएको छ। एन्फाले प्रतियोगिता स्थगित भएसंगै सबै खेलाडीहरुलाइ घर फर्काएको छ ।

Click to comment

Trending