Headline

सेरेनाले स्कुलका विद्यार्थीलाई ४२ लाख मास्क सहयोग गर्ने

Published

on

टेनिस स्टार सेरेना विलियम्सले ४२ लाख ५० हजार मास्क वितरण गर्ने भएकी छिन् । आगामी महिनाबाट अमेरिकाका स्कूलहरू सुचारु हुने भए पछि उनले स्कुलका विद्यार्थीहरूलाई मास्क सहयोग गर्न लागेकी हुन् ।

२३ पटक ग्रान्ड स्ल्याम विजेता विलियम्सले यसका लागि टिसर्ट निर्माता कम्पनी बेला प्लस क्यानभास, नेशनल स्कुल बोर्ड र स्कोलास्टिकसँग मिलेर स्कुले विद्यार्थीलाई मास्क सहयोग गर्न लागेकी हुन् ।

यस अभियानबाट अमेरिकाका एक लाख १५ हजार स्कुलका पाँच करोड ४० लाख विद्यार्थीलाई मास्क वितरण गर्ने लक्ष्य राखिएको छ ।

सेरेनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट राख्दै यो अभियानमा लागेर स्कुलका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिएकी छिन् । उनले लेखेको छिन्, ‘म कृतज्ञ छु की मैले स्कुलमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न पाएको छु ।’

३८ बर्षिया सेरेना आगामी महिना सुरु हुने युएस ओपनको तयारीमा रहेकी छिन् । पछिल्लो पटक सन् २०१७ को अस्ट्रेलियन ओपनको उपाधि चुमेकी सेरेनाले यस पटक युएस ओपनको उपाधि हात पार्न सकेको खण्डमा उनले मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्ड स्ल्यामको बराबरी गर्ने छिन् ।

Click to comment

Trending