Headline

पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा  

Published

on

९० मिनेट सम्म पाएको अग्रता अन्तिम सात मिनेट कायम गर्न नसक्दा फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्माइन (पिएसजी) सँग २(१ गोल अन्तरले पराजित हुँदै एट्लान्टाको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सपना चकनाचुर भएको छ ।

पिएसजी २५ बर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ९० औ मिनेट सम्म एट्लान्टाले १(० को अग्रता कायम गरे पनि दोश्रो हाफको इन्जुरी समयमा पिएसजीले दुई गोल गर्दै सेमीमा प्रवेस पाएको हो । पिएसजीको जितमा मार्क्युन्होस र एरिक म्याक्सिम चोउपो मोटिङ्गले समान १(१ गोल गरे ।

पहिलो हाफको २६ औं मिनेटमा डुभान जÞपाटाले दिएको पासमा सुन्दर गोल गर्दै मारियो पासालिचले एट्लान्टालाई १(० को अग्रता दिलाए । तर त्यस पछि कुनै पनि गोल हुन नसक्दा एट्लान्टाले ९० मिनेट सम्म १(० को अग्रता कायम गर्न सक्यो ।

तर खेलको ९१ औं मिनेटमा मार्किन्होसले गोल गर्दै खेल १(१ को बराबरीमा पुर्याए । नेयमारको पासमा मार्किन्होसले गोल गरेका हुन् । त्यसको दुई मिनेटमा नै कियालिन एम्बाप्पेले दिएको पासलाई गोल गर्दै एरिक माक्सिम चुपो–मोटिङ्गले पिएसजीलाई २(१ को अग्रता दिलाए ।

एट्लान्टा, लेस्टर सिटी (२०१६(१७) र लाजियो (१९९९(२०००) पछी च्याम्पियन्स लिगको डेब्यु सिजनमै क्वार्टर(फाइनल पुग्ने तेस्रो टोली हो। पिएसजी भने २०१५(१६ पछि पहिलो पटक क्वार्टर(फाइनलमा पुगेको हो ।

अब पिएसजीले फाइनल लागि १८ तारिखमा हुने सेमिफाइनलमा आरबी लेइपजिग र एट्लेटिको म्याड्रिड बिचको बिजेतासँग भिड्ने छ ।

Click to comment

Trending