Headline

पहिलो चरणमा पिसीआर टेस्ट गराएका सबै फुटबलरहरुको कोरोना नेगेटिभ

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको कोरोना भाईरस (कोविड-१९ ) को पिसिआर परीक्षणमा सबै खेलाडीहरुको नतिजा नेगेटिभ आएको छ।

भदौ १ देखी परिक्षण सुरु गर्ने भएका कारण गरिएको पिसिआर टेस्टको पहिलो चरणको परिक्षणमा सबै को रिपोर्ट नेगेटिभ आएको हो। एन्फाले पहिलो चरणमा टोलीको १३ सदस्य सहित १२ कर्मचारीहरुको पिसिआर टेस्ट गराएको थियो।

दोस्रो चरणको भने रिपोर्ट भोली आउने  छ।

एसियाली फुटबल  महासंघले विश्वकप र एसिया कप छनोटका खेलहरुका लागि गरेको प्रस्तावित मितिलाइ धकेल्दै  २०२१ सम्म स्थगित गर्ने भए सँगै राष्ट्रिय टोलीको प्रशिक्षण पनि रोकिएको छ। एन्फाले प्रतियोगिता स्थगित भएसंगै सबै खेलाडीहरुलाइ घर फर्काएको छ ।

Click to comment

Trending