Headline

नेपालको विश्वकप र एसिया कप छनोटका घरेलु खेलहरु फेरी स्थगित

Published

on

फिफा र एसियन फुटबल महासंघ (एएफसी) ले कोरोना भाईरसको बड्दो सक्रमणका कारण अक्टोबर र नोभेम्बरमा हुने तय भएका विश्वकप छनोटका खेलहरु २०२१ सम्मका लागि स्थगित गरेको छ।

मार्चको लागि दसरथ रङशलामा खेल्नका लागि तय भएको चाइनिज ताइपेइ र अष्ट्रेलियासँग खेल कोरोना भाईरसका कारण हुन नसके पछि नयाँ मिती प्रस्ताव गरेको थियो। महामारी नाथामिए पछि फिफा र एसियाली फुटबल महासंघले अर्को वर्षको लागि सबै खेलहरु स्थगित गरेको अन्तरास्ट्रिय संचार माध्यम रोयटर्सले जनाएको छ।

एसियन फुटबल कन्फेडेरेशन र फिफाले नयाँ तालिका प्रस्ताव गर्दा नेपालको चाइनिज ताइपेइबिरुद्धको खेल असोज २२ र अष्ट्रेलियाबिरुद्धको खेल असोज २७ गते हुने बताएको थियो । यस्तै जोर्डनबिरुद्धको अन्तिम होम म्याच कार्तिक २७ गतेका लागि प्रस्ताव गरिएको थियो । कोरोना भाइरसको महामारी कायमै रहे अथवा नेपालमा मात्रै यसको कारण खेल गराउन सम्भव नरहे एएफसीले कि त नयाँ मिति तय गर्ने वा अर्को बिकल्प खोज्ने एएफसीले पहिलेनै जनाएको थियो।

यो समुहमा रहेको अर्को टोली कुवेतबिरुद्धको घरेलु खेल दशरथ रँगशाला तयार हुन नसकेपछि भुटानमा खेलाइएको थियो जहा नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा ७–० को लज्जास्पद पराजय बेहोरेको थियो । नेपालले आफ्नो चार वटै खेलहरु खेलिसकेको छ ।

नेपालले समुहमा हात पारेको एक मात्र जितमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो र दुवै गोल अञ्जन बिष्टले गरेका थिए । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले नतिजा सुम्पियो भने जोर्डनसँग ३–० ले हारेको थियो । समुहमा अष्ट्रेलिया हालसम्म चार वटै खेल जित्दै १२ अंक साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल तीन अंकसाथ चौथोमा रहेको छ ।

समान पाँच खेल खेलेका कुवेत र जोर्डनको १० अंक रहेको छ । कुवेत गोल अन्तरको आधारमा अगाडी रहेको छ । ८ वटा समुह रहेको दोश्रो चरणको छनोटमा पहिलो हुने टोली एसिया कप खेल्नेछ । यस्तै समुह बिजेता र उपबिजेताहरु मध्येको उत्कृष्ट चार टोली बिश्वकप छनोटको तेश्रो चरणमा पनि प्रवेश गर्नेछ ।

Click to comment

Trending