Headline

एम्बाप्पे नखेले पनि एट्लान्टा भन्दा पिएसजी बलियो

Published

on

च्याम्पियन्स लिगको पहिलो क्वार्टर-फाइनलमा फ्रेच क्लब पेरिस सेन्ट जर्माइन र इटालियन क्लब एट्लान्टा भिड्दै छन्।

पोर्चुगलको लिस्बनमा हुने खेलमा फ्रेन्च लिग वान च्याम्पियन पिएसजीले सिरी आ मा तेस्रो भएको एट्लान्टासँग नेपाली समय अनुसार राती १२:४५ मा खेल्ने छ।

एट्लान्टा, लेस्टर सिटी(२०१६-१७) र लाजियो(१९९९-२०००) पछी च्याम्पियन्स लिगको डेब्यु सिजनमै क्वार्टर-फाइनल पुग्ने तेस्रो टोली हो। पिएसजी भने २०१५-१६ पछी आफ्नो पहिलो क्वार्टर-फाइनल खेल्दै छ।

नेमार र किलियन एमबाप्पेको जोडीबाट पिएसजीले यो पटकको च्याम्पियन्स लिगमा धेरै आशा राखेको छ। एट्लान्टा पनि आफ्नो युवा खेलाडीहरुसँग त्यतिकै आशावादी रहेको छ। च्याम्पियन्स लिग ईतिहासमै इटालियन क्लबहरुसँग एक खेल पनि नजितेको पिएसजीलाई खेल जित्न उतिकै दवाव रहने छ।

पिएसजीका लागि मुख्य टाउको दुखाइ भने उस्को स्टार खेलाडी एमबाप्पेको फिट्नेस कै रहने छ। फ्रेच कपको फाइनलमा सेन्ट एटिने विरुद्धको खेलमा घाइते भएका एमबाप्पे, टोलीसगै यात्रा गरे पनि खेलमा देखा पर्ने सम्भावना निकै कम रहेको छ। पिएसजीले एट्लान्टा विरुद्धको खेलको लागि निलम्बनका कारण एन्जल डि मरियालाई गुमाएको छ भने मिड्फिल्डर मार्को भेराट्टी पनि चोटका कारण खेल्ने छैनन्।

केही प्रमुख खेलाडीहरु नहुँदा पनि पिएसिजीलाई नै बलियो आकिएको छ। पिएसजीको खेल पूर्ण रुपमा नेमार केन्द्रित हुने स्पष्ट छ। पछिलो दुइ सिजन चोटका कारण नेमार नहुँदा पिएसजी दुवै पटक अन्तिम-१६ बाट बहिरिएको थियो। यस पटक भने पिएसजीलाई ईतिहास रच्ने अवसर छ।

डेब्यु गरिरहेको एट्लान्टालाई भने कुनै दवाव हुने छैन। त्यसैले एट्लान्टा पूर्ण विश्वासका साथ मैदानमा उत्रिने छ। कोरोना भाईरस पछी रोकिएको फुटबल फर्किएसँग लयमा रहेको एट्लान्टाको लागि यो खेल निकै महत्वपूर्ण रहेको छ। दुवै टोली पहिलो पटक एकअर्का विरुद्ध खेल्न लागेका हुन्।

Click to comment

Trending