Headline

एट्लान्टाले च्याम्पियन्स लिग जितेको खण्डमा डे रुनले समर्थकलाई पिज्जा खुवाउने

Published

on

मिडफिल्डर मार्टेन डे रुनले आफ्नो क्लब एटलान्टाले च्याम्पियन्स लिगको उपाधि चुमेको खण्डमा आफ्ना समर्थकहरुलाई पिज्जा खुवाउने बताएका छन् ।

डे रुनले यसै सिजनको शुरुवातमा यदि आफ्नो क्लबले युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता उचालेको खण्डमा आफ्नो समर्थकलाई पिज्जा बनाएर खुवाउने वाचा गरेका थिए । एटलान्टाले बुधबार राति हुने क्वार्टर–फाइनलमा पेरिस सेन्ट जर्माइनको सामना गर्दैछ ।

२९ बर्षिय डे रुनले आफ्नो वाचामा अडिग रहँदै भनेः “मैले यस अघि नै घोषणा गरेको थिए कि हाम्रो क्लबले च्याम्पियन्स लिग जितेको खण्डमा म एक हजार समर्थकलाई पिज्जा बनाएर खुवाउछु । र यसमा म अडिग छु ।”

“यस बर्षको प्रतियोगितामा पिएसजीसँग हार्न पुग्यौ भने हामी अर्को बर्ष आफ्नो लक्ष्य पुरा गर्न लाग्ने छौ । तर म हारको समर्थन गर्दिन । हाम्रो लक्ष्य अर्को बर्षका लागि सर्नेछ ।”

कोरोनाका कारण एटलान्टाले यस पटकको क्वार्टर फाइनल खेलमा पिएसजीसँग दुई लेगको सट्टामा एक खेल मात्र खेल्ने छ । तर डे रुन भने यसले आफ्नै क्लबलाई फाइदा पुग्ने धारणा रख्दछन् ।

“पिएसजी जस्तो बलियो टोलीसँग दुई खेलमा सामना गर्न भन्दा ९० मिनेट सामना गर्न सजिलो हुन्छ । हुन त उनीहरुलाई स्तब्ध पार्न कठिन नै छ तर हामी यसका लागि नै खेल्ने छौँ । हामी आफ्नो सक्दो राम्रो खेल खेल्ने छौं । हामीले बराबरीमा मात्र रोक्यौं भने पनि त्यो शानदार हुने,” उनले भने ।

Click to comment

Trending