Headline

मेस्सीलाई रोक्न बायर्नको बिशेष रणनीति

Published

on

च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा शुक्रबारको हाइ प्रोफाइल भिडन्तमा बार्सिलोनाले उत्कृष्ट लयमा रहेको बायर्न म्युनिखको सामना गरिरहेको छ । लगातार आठौं पटक बुन्डेसलिगा च्याम्पियन बनेको बायर्नले खस्कदै गएको बार्सालाई हराउने अपेक्षा गरिएको छ ।

तर बायर्नका लागि भने एक व्यक्ति जितको तगारो बन्न सक्नेछन् जसलाई रोक्न जर्मन टोलीले हर सम्भव प्रयास गर्नेछन् । बायर्न मात्रै नभएर यो भिडन्तमा फुटबल जगतकै नजर लियोनल मेस्सीमा हुनेछ । नापोलीबिरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सी कुनै पनि टिमको लागि खतरा हुन् र बायर्न यो तथ्यसँग चिर परिचित छ ।

बायर्न म्युनिख मिडफिल्डर लियोन गोरेज्का मेस्सीलाई शान्त पार्न बायर्नको बिशेष रणनीति हुने बताउछन् । मैले अघि हजारौले यो प्रश्नको उत्तर दिने प्रयास गरेका छन् ।

“रोनाल्डो बिरुद्ध केही खेलहरुमा खेलिसकेपछि पछिल्लो एक दशकका अर्का उत्कृष्ट खेलाडीबिरुद्ध खेल्नु राम्रो हो । मेस्सीलाई हामीले सामुहिक रुपमा मात्र रोक्न सक्छौं किनभने उनी गिफ्टेड फुटबलर हुन् । मलाई थाहा छैन कसरी तर हामीले हाम्रो खेल उनीहरुमाथि हावी गराउन आवश्यक छ,” २५ बर्षिय मिडफिल्डर गोरेज्काले भने ।

शनिबार नापोलीबिरुद्ध यो सिजनको ३१ औ गोल गरेका मेस्सी बार्सिलोनासँग पाचौं च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा रहेका छन् । यो सिजन तीन उपाधिको नजिक रहेको बायर्नले कोरोना भाइरसको लकडाउनपछि खेलिएका १३ वटै खेलमा जित हात पारेको छ ।

आफ्नो उत्कृष्ट लयलाई कायमै राख्ने क्रममा बायर्नले चेल्सीलाई दोश्रो लेगमा चेल्सीलाई ४–१ ले हराउदै समग्रमा ७–१ को जितका साथ क्वार्टर फाइनलमा स्थान बनाएको थियो । यस क्रममा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्नुका साथै दुई असिस्ट पनि गरेका थिए ।

जर्मन कप पनि जितेको बायर्नका लागि बार्सिलोना असली परिक्षा हुने गोरेज्का मान्छन् । “अब केही सहज हुने छैन । हामी पोर्चुगलको गर्मिमा छौं र च्याम्पिन्यस लिगको नकआउटका लागि तयारी गरिरहेका छौं । नकआउट खेलहरु वास्तवमै चुनौतिपूर्ण हुन्छन् ।”

मेस्सी केन्द्रित बार्सिलोनासँग अन्य स्टार खेलाडीहरु रहेपनि गोरेज्का बायर्न लेवान्डोस्की गोलहरु भन्दा धेरै कुरा रहेको बताउछन् । अहिले हामी एकै युनिट जसरी खेलिरहेका छौं । हरेक खेलाडीहरुमा पनि राम्रो क्षमता छ । हामीसँग स्पष्ट योजना छ र बल साथमा नभएपनि हामी चुनौति दिन सक्षम छौं । यसले फरक पार्न सक्छ, उनले भने ।

Click to comment

Trending