अन्तर्राष्ट्रिय

आफ्नै बाबुको कारबाहीमा परे ब्रोड, तिर्न पर्यो जरिवाना

Published

on

इङ्ल्यान्डका तीब्र गतिका बलर स्टुवार्ट ब्रोड आफ्नै बुवा क्रिस बोर्डको कारबाहीमा परेका छन् । त्यस्तै कारबाहीमा परे बापत उनले आफ्नो म्याच फी को १५ प्रतिशत जरिवाना पनि तिर्न पर्ने भएको छ ।

ब्रोडले पाकिस्तान विरुद्धको पहिलो टेस्टका क्रममा अनुपयुक्त शब्द बोलेका कारण कारबाहीमा परेका हुन् । त्यस्तै उनी आफ्नै बाबुबाट कारबाहीमा पर्दै जरिवाना तिर्न पर्ने पहिलो खेलाडी बनेका छन् ।

ब्रोडका पिता क्रिस पाकिस्तान र इंग्ल्यान्ड विरुद्धको पहिलो टेस्टमा म्याच रेफ्री थिए । क्रिसले अनुपयुक्त शब्द प्रयोग गरेकोमा लेभल वान अपराध लगाउँदै ब्रोडलाई १५ प्रतिशत जरिवाना जरिवाना मात्र एक डिमेरिट अङ्क पनि दिएका छन् ।

ब्रोडले पाकिस्तान विरुद्धको टेस्टको दोश्रो पारीमा यासिर शाहको विकेट लिए पछि अनुपयुक्त शब्द प्रयोग गरेका थिए । ब्रोडले पनि आफ्नो गल्ति स्विकारेका छन् ।

Click to comment

Trending