अन्तर्राष्ट्रिय

 कोरोनाका कारण लङ्का प्रिमियर लिग सर्ने 

Published

on

श्रीलंका क्रिकेट बोर्डले लङ्का प्रिमियर लिगको पहिलो संस्करण सार्ने भएको छ । 

कोरोना भाइरसका कारण विदेशी खेलाडीहरूको उपस्थिति हुन मुस्किल परे पछि बोर्डले आज एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता सार्ने जनाएको हो । विदेशी खेलाडीहरू श्रीलङ्कामा आए पछि १४ दिन क्वारेन्टाइनमा बिताउन पर्नेछ जसका कारण खेलाडीहरू उपस्थित हुन मुस्किल पर्ने भए पछि प्रतियोगिता सार्ने निर्णयमा बोर्ड पुगेको हो ।

बोर्डले यस अघि प्रतियोगिता अगस्ट २८ तारिखबाट सेप्टेम्बर २० तारिख सम्म सञ्चालन गर्ने यस अघि बोर्डले जनाएको थियो । तर अहिलेको अवस्थामा प्रतियोगिता हुन मुस्किल पर्ने देखे पछि नोभेम्बरको बीचबाट सुरु गर्ने लक्ष्य पनि बोर्डले राखेको छ ।  

श्रीलङ्काका चार मैदानमा आयोजना हुने लङ्का प्रिमियर लिगको पहिलो संस्करणमा पाँच टोलीको मात्र सहभागिता रहने र कुल २३ खेल मात्र सञ्चालन हुने बोर्डले जनाएको थियो । पाँचवटा टोलीको नाम कोलम्बो, क्यान्डी, गाले, डाम्बुल्लाजफ्फना रहेका छन् । बोर्डले जनाए अनुसार ७० जना खेलाडी र १० जना प्रशिक्षकहरूले लङ्का प्रिमिएर लिगमा खेल्नका स्वीकृति दिइसकेका छन् ।       

 

Click to comment

Trending