Headline

युरोपामा आज दुई खेल, उल्भ्सको आँखा सेमीफाइनलमा  

Published

on

युरोपा लिगको क्वार्टर–फाइनलमा मंगलवार राति हुने खेलहरुमा उल्भ्सले सेभिया र सख्तर दोनेस्कले एफसी बासेल विरुद्ध खेल्न गैरहेको छ ।

सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र इन्टर मिलान आ-आफ्नो खेल जित्दै सेमिफाइनल प्रवेश  गरिसकेका छन् ।

सख्तर दोनेस्क विरुद्ध एफसी बासेल

युक्रेनको सख्तर २०१३ पछि पहिलो पटक क्वार्टर–फाइनल खेल्दै छ । यता स्विस टोली बासेल भने युवा टोलीको साथ मैदान उत्रिने छ । यि दुई टोली बिचको खेल निकै रोमान्चक हुने आशा रखिएको छ । यस खेलको बिजेता टोलीले इन्टर मिललसँग सेमिफाइनल भेट पक्का गर्ने छ।

उल्भ्स विरुद्ध सेभिया

युरोपा लिगको राजा मनिएको सेभियालाई उल्भ्सले ठूलो चुनौती दिने पक्का छ । प्रिमियर लिगमा सातौ भएको उल्भ्सलाई सेभियासँगको खेलले निकै महत्व राख्ने छ । १९७१ पछि आफ्नो पहिलो युरोपियन क्वार्टर–फाइनल खेलिरहेको उल्भ्स र सेभिया पहिलो पटक भिड्न लागेका हुन् । युरोपियन प्रतियोगितामा सबै भन्दा खेरै नकआउट प्रतियोगिता खेलेको सेभियालाई यो पटक युरोपा लिगको दाबेदारको रुपमा हेरिएको छ । यस् खेलको बिजेता टोलीले म्यानचेस्टर युनाइटेडसँग सेमीफाइनल भेट पक्का गर्ने छ।

Click to comment

Trending