Headline

फर्जी पासपोर्ट काण्डमा फसेका रोनाल्डिन्हो ५ महिनापछि मुक्त हुदै

Published

on

फर्जी राहदानीको मुद्दामा पक्राउ परेका ब्राजिलियन फुटबल लेजेण्ड रोनाल्डिन्होलाई पाँच महिनाको नजरबन्दपछि अगष्ट २४ मा मुक्त गरिने भएको छ ।

पूर्व बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्माइन स्टार र उनका भाइ रोबर्टो मोरेरासँग मार्च ६ मा पक्राउ परेका थिए । उनीहरुलाई फर्जी पासपोर्टको भरमा पाराग्वे प्रवेश गरेको आरोप लागेको थियो ।

रोनाल्डिन्होका दाजु भाईले केही महिना जेलमा बिताएपछि जमानतमा छुट्नका लागि १ दशमलव ६ मिलियन डलर तिर्नु परेको थियो । जमानतमा हिरासतबाट छुटेपछि उनीहरु असुन्चियनको ऐतिहासिक केन्द्रमा रहेको पलमर्गा होटेलमा नजरबन्दमा रहदै आएका छन् ।

सरकारी वकिलले न्यायाधीशलाई रोनाल्डिन्होलाई सामाजिक क्षतिको मुद्दाका लागि ९० हजार डलर क्षतिपुर्ती तिर्नुपर्ने माग सहित बहस गरेका थिए । जरिवानापछि उनी आफ्नो घर ब्राजिल फर्कन पाउने छन् तर उनी एक बर्षको चार पटक पाराग्वेमा न्यायाधीश समक्ष हाजिरि गर्नुपर्ने छ ।

रोनाल्डिन्हो यस मुद्दामा आफूलाई कुनै जानकारी नभएको र पासपोर्टहरू फर्जी भएको अस्वीकार गर्दै आइरहेका छन् । तर सबै जानकारी राखेका उनका भाईले १ लाख १० हजर अमेरिकि डलर क्षतिपुर्ती तिर्नु पर्नेछ भने दुई वर्षको लागि हरेक तीन महिनामा न्यायाधीश समक्ष हाजिरि गर्नु पर्नेछ । सरकारी वकिलहरुले रोनाल्डिन्होको बिजनेस म्यानेजर पनि रहेका उनका भाईलाई दुई बर्षको जेल सजायका लागि आग्रह गरेका छन् ।

मार्च ४ मा असक्त बाल बालिकाहरुको कार्यक्रममा आएको बेला रोनाल्डिन्हो र उनको भाईलाई प्रहरीले पक्राउ गरेको थियो । यो मुद्दा बहिर आएसँगै पाराग्वेमै राहदानीलाई लिएर हुने गरेको भ्रष्टाचारको मुद्दाहरु बाहिर आउन थालेको छ ।

Click to comment

Trending