Headline

नेमारको लागि च्याम्पियन्स लिग आफूलाई साबित गर्ने ‘पर्फेक्ट स्टेज’

Published

on

च्याम्पियन्स लिगको गर या मरको स्थितिमा रहेको फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्माइन (पिएसजी) क्वार्टर–फाइनल अघि एक पटक फेरि प्रमुख खेलाडीहरुको चोटले समस्याग्रस्त रहेको छ ।

तर यस पटक नेमार भने पूर्ण रुपमा फिट छन् ।

आफू संसारको सबैभन्दा महँगो फुटबलर यसै भएको होइन भन्ने साबित गर्न उनका लागि पर्फेक्ट स्टेज (उपयुक्त मञ्च) तयार छ ।

कोरोना भाइरसका कारण एक लेगमा सिमित रहेको क्वार्टर फाइनल (त्यसपछि सेमिफाइनल पनि) मा नेमारको पिएसजीले इटालियन क्लब एट्लान्टाको सामना गर्न गइरहेको छ । पोर्चुगिज राजधानी लिस्बनको इस्टाडियो डा लुजमा हुने खेलमा दर्शक हुने छैनन् र फ्रेञ्च महारथी पिएसजीले मार्चमा भएको प्रि–क्वार्टरफाइनलको दोश्रो लेगमा डर्टमण्डलाई हराउदा खाली रँगाशालामै खेलेको थियो ।

त्यो रात २–० ले हात पारेको जितमा नेमारले नै गाल गर्दा पिएसजीले पहिलो लेगको नतिजालाई उल्टाउएको थियो । खेलपछि नेमार पार्क डेस प्रिन्सेस रँगशालाको स्ट्याण्डमा गएर उभिदै खुशीले रोएका थिए । २ सय ६४ मिलियन डलरमा पेरिस आएपछिको दुई सिजन महत्वपूर्ण क्षणहरुमा चोटले पिरोलिएका नेमारलाई त्यो गोलको महत्व राम्ररी थाहा थियो ।

पहिलो पटक खुट्टाको हड्डी भाच्चिदा नेमारले २०१८ को च्याम्पियन्स लिग अन्तिम १६ को दोश्रो लेग गुमाउदा पिएसजीलाई रियन म्याड्रिडले नकआउट गरेको थियो । एक बर्षपछि इतिहास दोहोरिन पुग्दा नेमार त्यही चोटका कारण बाहिरिएपछि सामान्य प्रदर्शन गर्दै आइरहेको म्याचेस्टर युनाइटेडले पहिलो लेगमा २–० ले पछि रहेको स्थिति उल्टाउदै पिएसजीलाई घर पठाइदिएको थियो ।

त्यस यता सबैभन्दा बढी चर्चा पाएको उनको बार्सिलोना फर्कने कुरा पुरा हुन सकेको छैन भने कोरोना महामारीपछिको फुटबल बजारमा त्यो पुरा होला जस्तो पनि देखिदैन । नेमारले बुधबार एट्लान्टाबिरुद्ध खेलेको भोलिपल्ट उनी स्पेनबाट सबैभन्दा महँगा खेलाडीको रुपमा फ्रान्स आएको ठ्याक्कै तीन बर्ष पुरा हुनेछ ।

२८ बर्षिय नेमार अहिले पेरिसमा स्थापित भइसकेका छन् भने एट्लान्टाबिरुद्धको खेलमा टिमको नेतृत्व गर्नका लागि उत्कृष्ट लयमा देखिन्छन् । जित हात पारेको खण्डमा २०११ मा कतार स्पोर्ट्स इन्भेस्टभेन्ट्सले टेक ओभर गरे यता पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

म पेरिस आए यताकै सबैभन्दा राम्रो समयबाट गुज्रिरहेको छु, नेमारले गत साता क्लबको वेबसाइटलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए ।

एमबाप्पे माथिको सस्पेन्स

एक हप्ता पछि आफ्नो स्थापनको गोल्डेन जुबिलि मनाउन गइरहेको पिएसजीका प्रशिक्षक थोमस टुचेलका लागि छनोटको लागि भने ठूलै टाउको दुखाइ रहेको छ । टुचेलका अर्का सुपरस्टार फर्वार्ड किलियन एमबाप्पे सेन्ट एटिनेबिरुद्धको फ्रेञ्च कप फाइनलका दौरान बोकेको गोलीगाँठोको चोटले बेञ्चमै रहने सम्भावना बढी रहेको छ ।

एमबाप्पे चोटग्रस्त रहेपनि उनलाई टुचेलले टिममा राखेका छन् । दोहोरो पहेलो कार्डका कारण एन्जल डि मारिया निलम्बनमा रहनेछन् भने सम्झौता समाप्त भएपछि क्लबका सर्वाधिक गोलकर्ता एडिन्सन काभानीले पनि जुनमै क्लब छोडिसकेका छन् । काभानीले लिस्बनमै पार्चुगिज च्याम्पियन बेन्फिकाको लागि सम्झौता गर्न गइरहेको बताइएको छ ।

टुचेलका लागि सबैभन्दा ठूलो चिन्ता भने क्लबका उत्कृष्ट मिडफिल्डर मार्को भेराट्टी साथमा नहुनु हो । भेराट्टी पिडुलाको चोटका कारण मैदान बाहिर रहेका छन् भने पिएसजी फाइनल पुगेपनि उनी उपस्थित हुन नसक्ने समाचार बाहिर आइहेको छ ।

जर्मन टुचेल आफैपनि बैशाखी टेक्दै हिडिरहेका छन् । व्यायाम गर्ने क्रममा उनले उनको खुट्टाको हड्डीमा चोट लाग्नुका साथै गोलीगाँठो पनि च्यात्तिएको छ ।

तर नेमार फिट रहुञ्जेल पिएसजी अर्को साता हुने सेमिफाइनलमा प्रवेश गर्नेमा आशावादी रहेको छ । सेमिफाइनल पुग्ने टोलीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन आरबी लाइपजिगबीचको अर्को क्वार्टर फाइनल बिजेताको सामना गर्नेछ ।

हामी एकै साथ हुँदा निकै उत्कृष्ट टिम हौं । यो सिजन हामीले चार वटा उपाधि जितिसकेका छौं र म यो क्लबको व्यवस्थापक हुन पाउदा निकै खुशी छु । यो मेरो लागि उपहार जस्तै हो, टुचेलले पिएसजी टिभिलाई भनेका थिए ।

Click to comment

Trending