Headline

इन्टर र युनाइटेड युरोपा लिगको सेमिफाइनलमा 

Published

on

बायर लेभरकुसनलाई २-१ ले हराउदै इन्टर मिलान युरोपा लिगको सेमीफाइनलमा पुगेको छ।

खेलमा सबै गोल पहिलो हाफमा भएको थियो। १५ औँ मिनेटमा इन्टरले खेलमा अग्रता लिएको थियो। निकोलो बरेलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। त्यस्को पाँच मिनेट पछि रोमेलु लुकाकुले गोल गर्दै २-० को अग्रता दिएका थिए।

लेभरकुसनका लागि एक मात्र गोल भने काइ हाभर्ट्जले गरेका थिए । उनले खेलको २४ औ मिनेटमा गोल गर्दै खेल २-१ को स्थितीमा ल्याएका थिए।

म्यानचेस्टर युनाइटेडले भने कोपनहेगनलाई १-० ले हराउदै सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा कुनै गोल नभए पछी एक्स्ट्रा टाइममा धकेलिएको खेलमा युनाइटेडले पेनाल्टी मार्फत गोल गरेको थियो। युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले पेनाल्टी मार्फत गोल गरेका थिए।

खेल भरी उत्कृष्ट प्रदर्शन गरेको कोपनहेगनसँग युनाइटेडले संघर्षपूर्ण जित निकालेको थियो ।

Click to comment

Trending