Headline

संसारमा सबैभन्दा बढी खोजिएका क्रिकेटर बने बिराट कोहली

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको लोकप्रियताको कुनै सीमा छैन । ३१ वर्षीय कोहली विश्वको सबैभन्दा लोकप्रिय क्रिकेटर हुन् ।

एक अध्ययनका अनुसार विराट कोहली इन्टरनेटमा सर्वाधिक खोजिएका क्रिकेटर भएका छन् । उनीसँगै भारतीय क्रिकेट टोली पनि उत्तिकै लोकप्रिय रहेको अध्ययनले बताउछ ।

सेमरस स्टडीका अनुशार कोहलीलाई यस वर्षको जनवरीदेखि जुनसम्म प्रत्येक महिना औसत १६.२ लाख पटक अनलाइनमा खोजिएको थियो भने भारतीय क्रिकेट टोलीलाई समान अवधिमा मासिक औसत २ दशमलव ४ लाख पटक खोजी गरिएको छ ।

अध्ययनका अनुसार अन्य १० सवधिक खोजिएका खेलाडीमध्ये रोहित शर्मा, एमएस धोनी, जर्ज मके, जोश रिचर्ड्स, हार्दिक पान्ड्या, सचिन तेंदुलकर, क्रिस म्याथ्यूज र श्रेयस ऐयर रहेका छन् ।

क्रिकेट टोलीको सन्दर्भमा भने पहिलो स्थानमा भारत त्यसपछि इङ्गल्याण्ड, अष्ट्रेलिया, वेष्ट इन्डिज, पाकिस्तान, दक्षिण अफ्रिका, बङ्गलादेश, न्यूजील्याण्ड, श्रीलंका, आयरल्यान्ड, अफगानिस्तान र जिम्बाब्वे रहेका छन् ।

विश्वव्यापी रुपमा क्रिकेट प्रेमीहरुले महिला क्रिकेटरहरुलाई पनि खोजेका थिए । शीर्ष १० मा नभए पनि स्मृति मन्धाना र एलिस पेरी सर्वाधिक खोजिएका क्रिकेटरहरुको सुचिमा १२ औं र २० औं स्थानमा रहेका छन् । यस क्रममा उनीहरुले युवराज सिंह र शिखर धवन जस्ता ठूला नामहरूलाई पनि पछि पारेका थिए ।

“हामी हाम्रो अध्ययनको नतिजाबाट आश्चर्यचकित छैनौ । विराट कोहली सबैभन्दा बढी खोजिने क्रिकेटर हो भन्ने कुरा पत्ता लगाउदा र भारत सबैभन्दा धेरै खोजी हुने क्रिकेट टिम हो भन्ने तथ्य कुनै नौलो होइन । यहाँ आश्चर्यजनक कुरा के छ भने अब महिला क्रिकेटरहरूलाई पुरुष भन्दा बढी खोजी गरिदैछ, सेमरसका सञ्चार प्रमुख फर्नान्डो अङ्गुलोले भने ।

Click to comment

Trending