Headline

जब म्याथ्यु हेडनले शोएब अख्तरलाई ‘बि–ग्रेड एक्टर’ भने

Published

on

पुर्व अष्ट्रेलियन ओपनर म्याथ्यु हेडनले पाकिस्तानबिरुद्ध २००२ को टेस्ट श्रृंखलाका दौरान आफुले कसरी स्लेजिङ्ग गर्ने गरेको खुलाशा गरेका छन् ।

शारजाहमा भएको उक्त श्रृंखलाको दोश्रो टेस्टमा अष्ट्रेलिया एक इनिङ्गस र १ सय ९८ रनले बिजयी भएको थियो तर पाकिस्तानको त्यो श्रृंखला दुई टिमबीचको स्लेजिङ्ग युद्धले निकै चर्चा कमाएको थियो । आकर्षक शतक प्रहार गर्दै म्यान अफ द म्याच चुनिएका हेडनले आफूलाई टिक्न नदिन अनेक तरिका अपनाएको तर उल्टै स्लेजिङ्गमा परेपछि आफ्नै ध्यान गुमाउन पुगेको बताए ।

“उदाहरणको लागि अख्तर जस्तो खेलाडीलाई बि ग्रेड एक्टर भन्दै शुरुवात गर्थे । यसले उनलाई निकै क्रुद्ध बनाउने गथ्र्यो,” हेडनले द ग्रेड क्रिकेटको पोडकास्टमा भनेका छन् ।

“हामी शारजाहमा ५८ डिग्रीमा खेल्न गइरहेको थियौं । मैदान प्रवेश गर्दा उनले मलाई आज म तलाई मारिदिन्छु भन्दै अन्य धेरै कुराहरु भन्न थाले । त्यसपछि मैले पनि उनलाई म यो चुनौतिका लागि तैयार छु भन्दै धेरै कुरा सुनाउन थाले,” हेडनले भने ।

“तिमीसँग मलाई मार्नलाई १८ बल मात्र छ किनभने १८ बलपछि म तिमीलाई प्लेनमा हामीले छोडेर आएको मार्समेलो जस्तै बनाइदिनेछु र अर्को एन्डमा म मात्र बाकी हुनेछु,” हेडनले आफूले अख्तरलाई भनेको कुरालाई पडकास्टमा सुनाए ।

हेडनले अख्तरको स्वभावलाई लिएर म्याचका अम्पायर एस भेंकटराघबनलाई पनि भनेको र उनले निकै कडा चेतावनी पनि दिएको खुलाशा गरे । पाकिस्तानले उक्त टेस्टमा गरेको ९२ दशमलव एक ओभरमा अख्तरले मात्र १४ ओभर फालेका थिए । हेडनले भने २ सय ५५ बलमा १ सय १९ रन बनाउदै ९ चौका र एक छक्का प्रहार गरेका थिए ।

Click to comment

Trending