Headline

युरोपाको उपाधिमा आखा लगाउदै म्यानचेस्टर युनाइटेड

Published

on

कोरोना भाईरस पछि पुन सुचारु भएको युरोपा लिगको सोमबारबाट जर्मनीको बिभिन्न चार शहरमा क्वार्टर–फाइनलका खेलहरु सुरु हुँदै छन् ।

सोमबारको क्वार्टर–फाइनलमा इङ्गल्याण्डका दुई क्लब म्यानचेस्टर युनाइटेड र उल्भ्स, इटालीको इन्टर मिलान र स्पेनको सेभियासँगै जर्मनीको बायर लेभरकुसन सेमिफाइनलमा स्थान बनाउनका लागि मैदान उत्रनेछन् । दिनको सबैभन्दा ठूलो भिडन्त भने इन्टर र लेभरकुसनबीचको खेललाई लिइएको छ । युनाइटेडले डेनमार्कको कोपनहेगन एफसी र उल्भ्सले सेभियाबिरुद्ध खेल्ने छ ।

इन्टर विरुद्ध लेभरकुसन

इटालियन सिरी आ को शिर्ष स्थानबाट एक अंकले मात्र चुकेको इन्टरले २०१०–११ पछी आफ्नो पहिलो युरोपियन प्रतियोगिताको क्वाटरफाइनल खेल्दै छ । यता लेभरकुसन भने २००८–०९ देखी आफ्नो पहिलो क्वार्टर–फाइनल खेल्दै छ । एन्टोनियो कोन्टेको आगमनपछि नयाँ खेलाडीहरु भित्र्याउदै सिरी आ मा राम्रो प्रदर्शन गरेको इन्टरका लागि युरोपा लिग आफ्नो पुनरागमनलाई साबित गर्ने निकै महत्वपूर्ण प्रतियोगिता हो । लेभरकुसनलाई पनि अर्को सिजन च्याम्पियन्स लिग खेल्ने हो भने युरोपा लिग जित्नै पर्ने दवाव छ ।

युनाइटेड विरुद्ध कोपनहेगन

प्रिमियर लिगमा निकै सुधारिएको प्रदर्शन गर्दै तेस्रो भएको टोली हो म्यानचेस्टर युनाइटेड । यता डेनमर्कको डेनिस सुपर लिगामा दोस्रो भएको कोपनहेगनलाई युनाइटेडसँगको खेल निकै भारी पर्ने अनुमान लगाइएको छ । ब्रुनो फर्नान्डेजको आगमन पछि उत्कृष्ट प्रदर्शन गरेको युनाइटेड यो प्रतियोगिता जित्ने दाउमा रहेको छ ।

सख्तर दोनेस्क विरुद्ध एफसी बासेल

युक्रेनको सख्तर २०१३ पछि पहिलो पटक क्वार्टर–फाइनल खेल्दै छ । यता स्विस टोली बासेल भने युवा टोलीको साथ मैदान उत्रिने छ । यि दुई टोली बिचको खेल निकै रोमान्चक हुने आशा रखिएको छ ।

उल्भ्स विरुद्ध सेभिया

युरोपा लिगको राजा मनिएको सेभियालाई उल्भ्सले ठूलो चुनौती दिने पक्का छ । प्रिमियर लिगमा सातौ भएको उल्भ्सलाई सेभियासँगको खेलले निकै महत्व राख्ने छ । १९७१ पछि आफ्नो पहिलो युरोपियन क्वार्टर–फाइनल खेलिरहेको उल्भ्स र सेभिया पहिलो पटक भिड्न लागेका हुन् । युरोपियन प्रतियोगितामा सबै भन्दा खेरै नकआउट प्रतियोगिता खेलेको सेभियालाई यो पटक युरोपा लिगको दाबेदारको रुपमा हेरिएको छ ।

Click to comment

Trending