Headline

विलियनको चेल्सी समर्थकहरुलाई भावुक चिठी

Published

on

चेल्सी छोड्ने निश्चित गरेका ब्राजिलियन विङ्गर विलियनले आफू गर्वका साथ स्ट्यामफोर्ड ब्रिजलाई छोड्न गइरहेको बताएका छन् ।

२०१३ मा रसियन क्लब आन्जी माखाच्लाबाट चेल्सी आउदा टोटेन्ह्याम हट्स्परको प्रस्ताव अस्विकार गरेका विलियन अर्को सम्झौता गर्न नसक्दा आर्सनल जाने लगभग पक्का रहेको छ ।

चेल्सीमा ७ बर्ष बिताउने क्रममा ३२ बर्षिय विलियनले ३ सय ३९ खेल खेल्दै ६३ गोल गरेका थिए । यस दौरान उनले चेल्सीका लागि दुई प्रिमियर लिग उपाधिका साथै एक–एक एफए कप, लिग कप र युरोपा लिग जितेका छन् । गोलीगाँठोमा चोट लागेपछि भने विलियनले यो सिजन आर्सनलबिरुद्धको एफए कप फाइनल भने खेल्न पाएनन् ।

“अब अगाडी बढ्ने समय आएको छ । म मेरो टिमका साथीहरुलाई एकदम धेरै मिस गर्नेछु। क्लबका सबै स्टाफहरु जसले मलाई छोराजस्तै व्यवहार गर्थे र फ्यानहरुलाई निकै मिस गर्नेछु,” विलियनले समर्थकहरुलाई एक भावुक चिठी लेख्दै भनेका छन् ।

“मेरो सात बर्ष निकै अविष्मिरणीय रह्यो । अगष्ट २०१३ मा जब मलाई चेल्सीबाट प्रस्ताव आयो त्यही समय म कतै खेल्छु भने यही नै हो भन्ने लागेको थियो । आज मलाई मेरो निर्णय सधै ठीक थियो भन्ने लाग्छ । चेल्सीमा कति खुशीका समय थिए र कति दुखका, ती सबै सम्झनामा रहिरहनेछन्,” उनले भने ।

विलियनसँगै भेटेरान स्पेनिस विङ्गर पेद्रो पनि चेल्सी छोड्दै फ्रि ट्रान्सफरमा इटालीयन क्लब एएस रोमा गइरहेका छन् ।

Click to comment

Trending