राष्ट्रिय

फुटबल खेलाडीको पिसिआर परिक्षण (फोटो फिचर)

Published

on

राष्ट्रिय फुटबल टोलीको क्याम्पमा रहेका खेलाडीहरूको पिसिआर परिक्षण गरिएको छ। हिजो मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक वेबसाइटमा खेलाडीहरूको परिक्षण कयौँ महिनाको प्रतीक्षा पछि भोलि पिसिआर परिक्षण गर्ने बताएको थियो ।

एन्फाले आज पहिलो चरणमा ११ जना खेलाडीको परिक्षण गरेको हो । पाटन हस्पिटलमा खेलाडी बाहेक प्रशिक्षक र अफिसियल गरेर कुल २५ जनाको परिक्षण गरिएको हो । अब बाँकी खेलाडीले भोलि परिक्षण गर्नेछन् । 

अक्टोबरमा हुने विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटका लागि राष्ट्रिय टोलीको प्रशिक्षण भदौ १ देखी सुरु गर्नका लागि एन्फा लागि परेको हो।

अहिले होटेल तथा आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहेका खेलाडीहरूलाई बोलाएर पिसिआर टेस्ट गराउँदै प्रशिक्षण सुरु गर्ने एन्फाको योजना रहेको छ।

तस्बिर सौजन्य : विवेक सुबेदी, एन्फा 

Click to comment

Trending