IPL

रामदेवको पतंजली आईपीएलको मुख्य प्रायोजक बन्न इच्छुक

Published

on

योग गुरु बाबा रामदेवको पतंजलीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को मुख्य प्रायोजकको लागि बिडिङ्ग गर्ने भएको छ ।

चाइनिज मोबाइल कम्पनी भिभो र भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले आईपीएलको मुख्य प्रायोजक सम्झौता गत हप्ता रद्द गरे पछि आईपीएल मुख्य प्रायोजक बिहिन रहेको छ र यसमा पतंजलीले मुख्य प्रायोजक बन्नका लागि चासो देखाएको हो ।

भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार पतंजलीले बिसीसीआईलाई प्रस्ताब पठाउन लागेको छ । यसको पुष्टि गर्दै पतंजलीका प्रबक्ता एसके तिजारवालाले भने, ‘हामी पतंजलीलाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन चाहन्छौँ । त्यसैले पनि हामी यस वर्षको आईपीएलको मुख्य प्रायोजक बन्नका लागि बीडिङ्ग गर्ने छौँ ।’

पतंजलीको भन्दा आईपीएलको ब्रान्ड भ्यालु धेरै छ । त्यसैले यदि आईपीएलको मुख्य प्रायोजक पतंजली भएमा आईपीएललाई भन्दा पनि पतंजलीलाई नै फाइदा पुग्ने देखिन्छ । भारतमा अहिले चीन विरोधी भावना बढेका कारण भारतीय ब्रान्ड पतंजली राष्ट्रवादी दृष्टिकोणबाट पनि उत्तम हुने धारणा बिभिन्न जानकारहरूको रहेको छ ।

भिभोले आईपीएलको मुख्य प्रायोजक छाडे पछि पतंजली मात्र नभएर जियो, एमेजन, टाटा ग्रुप, ड्रिम ११ र ब्य्जु’ज जस्ता कम्पनीहरु पनि मुख्य प्रायोजक बन्ने होडमा रहेका छन् ।

भारत र चीन बढ्दै गएको विवादका कारण भारतमा चीन विरोधी भावना बढेको कारण आईपीएलको मुख्य प्रायोजकबाट चाइनिज मोबाइल भिभो पछि हटेको हो । गत जुनमा भारत र चीन बीच सीमामा विवाद बढ्दै गए पछि झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु पनि भएको थियो ।

सन् २०१५ को आईपीएलबाट भिभो भारतीय क्रिकेट बोर्डसँग जोडिएको हो । सुरुमा दुई वर्ष मुख्य प्रायोजक रहेको भिभोले २०१७ को सिजन पछि सन् २०१८ देखि सन् २०२२ सम्मका लागि पाँच वर्षको सम्झौता गरेको थियो । जसको रकम तीन सय ४१ मिलियन डलर रहेको थियो ।

Click to comment

Trending