अन्तर्राष्ट्रिय

स्टोक्सले पाकिस्तान विरुद्धको बाँकी टेस्ट नखेल्ने 

Published

on

इङ्ग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले पाकिस्तान विरुद्ध जारी टेस्ट शृङ्खला अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् । 

उनले पारिवारिक कारण अबका दुई टेस्ट नखेल्ने इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले विज्ञप्ति मार्फत जनाएको छ । ‘स्टोक्स केहि दिनमा इङ्ग्ल्यान्डबाट न्युजिल्याण्डका लागि उड्ने छन् जसले गर्दा उनले यही बिहिबारबाट र २१ अगष्टबाट सुरु हुने टेस्ट गुमाउने छन्,’ विज्ञप्तिमा भनिएको छ ।    

बोर्डले स्टोक्स आफ्नो परिवारलाई भेट्न न्युजिल्याण्ड जान लागेको जनाए पनि किन अचानक जान लागेका हुन् भन्ने बारेमा भने केही खुलाएको छैन । केही समय अघि उनका बुवा जेरार्ड जेम्स स्टोक्स गम्भिर बिमारी परेको र हाल केही हद सम्म ठिक भए पनि स्टोक्स आफ्ना बुवालाई भेट्न जान लागेको आँकलन गरिएको छ । बोर्डले स्टोक्सको परिवारको गोपनीयता राख्न दिनका लागि पत्रकारहरूलाई आग्रह समेत गरेको छ ।    

वेस्ट इन्डिज विरुद्ध टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सलाई पाकिस्तान विरुद्धको पहिलो टेस्टमा ब्याट्सम्यानका रुपमा खेलाइएको थियो । 

Click to comment

Trending