Headline

पुर्व स्क्वास च्याम्पियन तथा प्रशिक्षक थापालाई कोरोना संक्रमण

Published

on

स्क्वासका पुर्व च्याम्पियन तथा प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना संक्रमण भएको छ । पुर्व राष्ट्रिय क्रिकेटर पवन दास र फुटबलर खेलाडी र िञ्जत श्रेष्ठलाई पनि कोरोना भाइरस भएको हो ।

पवन हाल आफ्नै घर राजविराजमा रहेका छन् भने युएईमा रहेका रञ्जित ठीक भइसकेका छन् । नेपाल स्क्वास एण्ड र्याकेट्स एशोसिएसनका उपाध्यक्ष मनोज बहादुर श्रेष्ठलाई पनि कोरोना देखिएपछि थापा लगायत अन्य स्क्वास खेलाडीहरुले परिक्षण गराएकोमा उनको मात्र रिपोर्ट पोजिटिभ आएको थापाले जानकारी गराए ।

थापा, राणा लगायत अन्यले सातदोबाटो केही दिन यता स्क्वास खेल्दै आइरहेका थिए भने प्रशिक्षणका लागि पनि सातदोबाटोको स्क्वास सुविधा खुला रहेको थियो । थापा राष्ट्रिय खेलकुद परिषदको स्क्वास प्रशिक्षक हुन् ।

संक्रमण भएपनि थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।

Click to comment

Trending