Headline

फुटबलरहरुको भोलि पिसीआर परिक्षण गर्दै एन्फा

Published

on

राष्ट्रिय फुटबल टोलीको क्याम्पमा रहेका खेलाडीहरूको पिसिआर परिक्षण भोलि गरिने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक वेबसाइटमा खेलाडीहरूको परिक्षण कयौँ महिनाको प्रतीक्षा पछि भोलि पिसिआर परिक्षण गर्ने बताएको हो।

अक्टोबरमा हुने विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटका लागि राष्ट्रिय टोलीको प्रशिक्षण भदौ १ देखी सुरु गर्नका लागि एन्फा लागि परेको हो।

अहिले होटेल तथा आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहेका खेलाडीहरूलाई बोलाएर पिसिआर टेस्ट गराउँदै प्रशिक्षण सुरु गर्ने एन्फाको योजना रहेको छ।


Click to comment

Trending