Headline

के लेवान्डोस्कीले रोनाल्डोको रेकर्ड तोड्न सक्लान् ?

Published

on

रोबर्ट लेवान्डोस्की यो सिजन फुटबल पिचमा निकै जमे । बायर्न म्युनिखले यो सिजन लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जित्दा ३४ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका लेवान्डोस्कीले च्याम्पियन्स लिगमा पनि आफ्नो अविश्वसनीय लय कायम राख्दै क्रिष्चियानो रोनाल्डोको किर्तिमानमा आखा लगाइरहेका छन् ।

३१ बर्षिय लेवान्डोस्कीले च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको दोश्रो लेगमा दुई गोल गर्दै चेल्सीबिरुद्ध ४–१ के फराकिलो जित दिलाए । यस क्रममा लेवान्डोस्कीले दुई असिस्ट पनि गरेका थिए । पहिलो लेगमा ३–० जित हात पारेको बायर्न क्वार्टर फाइनल पुगेको छ भने सेमिफाइनलमा स्थान बनाउन बार्सिलोनासँग खेल्नेछ ।

शनिबारको दुई गोलसँगै लेवान्डोस्कीले यो सिजन च्याम्पियन्स लिगमा १३ गोल गरेका छन् भने अब रोनाल्डोको किर्तिमानबाट मात्र चार गोलले पछाडी रहेका छन् । रोनाल्डोले एउटै च्याम्पियन्स लिगमा १७ गोलको किर्तिमान राखेका छन् ।

यदि बायर्न लिस्बनमा हुने फाइनलसम्म स्थान बनाउछ भने उनले रोनाल्डोको किर्तिमान तोड्न तीन खेलमा पाँच गोल गर्नुपर्नेछ । “यो मेरो लक्ष्य होइन,” लेवान्डोस्कीले रोनाल्डोको रेकर्डको बारेमा सोध्दा भने । “नकआउट राउन्डमा हामीसँग केहि अरू खेलहरू छन् र यस् खेलहरुमा गोलहरू गर्दा निकै खुशी हुने छु ।”

Click to comment

Trending