Headline

बायर्न र बार्सिलोनाबीच रोचक क्वार्टर-फाइनल भिडन्त

Published

on

नापोलीलाई प्रि-क्वार्ट फाइनल को दोस्रो लेगमा ३-१ र समग्रमा ४-२ ले हराउदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ।

जितसँगै जर्मन महारथी बायर्न म्युनिखसँग को रोचक भिडन्त तय गरेको छ । बायर्नले शनिबारको अर्को खेलमा चेल्सीलाई ४-१ ले ध्वस्त बनायो। को जीत हात पारेको हो

स्ट्यामफोर्ड ब्रिज मै चेल्सीलाई तीन गोल ठोकेको बायर्नले समग्रमा ७-१ को जीत हात पारेको हो।

बार्सिलोनाका लागि पहिलो गोल क्लेमेन्ट लिङ्लेटले दशौ मिनेटमा गरेका थिए। दोस्रो गोल २३ औँ मिनेटमा लियोनल मेस्सीले गरे । उनले तीन डिफेन्डरलाई छलाउदै उत्कृष्ट गोल गरेका थिए । लुइस सुवारेजले तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टी मर्फत गरे।

 

नापोलीलाई दवाब दिएको बर्सिलोनाले पहिलो हाफको अतिरिक्त समयमा गोल खान पुग्यो । नापोलीका लागि लोरेन्जो इन्सिगनेले पेनाल्टी मार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा कुनै पनि गोल नभएको खेलमा बर्सिलोनाले जित हात पर्दै अन्तिम आठ को यात्रा तय गर्‍यो ।

बायर्नका लागि पहिलो गोल दशौ मिनेटमा पेनाल्टी मार्फत रोबर्ट लेवान्डस्कीले गरेका थिए । दोस्रो गोल इभान पेर्सिकले २४ औ मिनेटमा लेवानडस्कीकै पासमा गरेका थिए। ७६ औँ मिनेटमा बायर्नका लागि तेस्रो गोल कोर्टेन टोलेसोले गरे।

व्यक्तिगत दोस्रो र क्लबका लागि चौथो गोल लेवानडोस्कीले ८३ औँ मिनेटमा गरेका थिए। चेल्सीको लागि एक मात्र गोल भने पहिलो हाफको अतिरिक्त समयमा ट्यामी अब्राहमले गरेका थिए।

कोरोना भाईरसका करण रोकिएको प्रतियोगितामा यो पटकको क्वाटरफाइनलमा एक लेग मात्र हुने छ। क्वाटरफाइनलका सबै खेलहरु पोचुगलको लिस्बनमा हुनेछन्।

Click to comment

Trending