अन्तर्राष्ट्रिय

पाकिस्तान विरुद्धको पहिलो टेस्टमा इङ्ग्ल्यान्डको रोमान्चक जित 

Published

on

पहिलो पारीमा खराब ब्याटिङ प्रदर्शनका बावजुत घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई पहिलो टेस्टमा पाँच विकेटले पराजित गर्न सफल भएको छ । यस जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ ।

जितका लागि दुई सय ७७ रनको लक्ष्य पक्ष्याएको इङ्ग्ल्यान्डले जस बटलर र क्रिस वक्सको उत्कृष्ट पारीमा पाकिस्तानलाई तीन विकेटले पराजित गरेको हो ।      

इङ्ग्ल्यान्डको जितमा वक्सबटलरले अर्धशतकीय पारी खेले । एक समय ११७ रनमा पाँच विकेट गुमाएर हार तर्फ उन्मुख भएको इङ्ग्ल्यान्डलाई जित दिलाउने क्रममा दुई मिलेर एक सय ३९ रनको साझेदारी गर्दै जित नजिक पुर्याए । वक्स ८४ रनमा अविजित रहे भने बटलर ७५ रन बनाएर आउट भए ।

पाकिस्तानको तर्फबाट यासिर शाहले सर्वाधिक चार विकेट हात पारे पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।       

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन सय २६ रन बनायो । पाकिस्तानको तर्फबाट ओपनर शान मसूदले सर्वाधिक १५६ रन बनाए भने बाबर अजामले पनि ५९ रनको पारी खेले ।  

पहिलो पारीमा इङ्ग्ल्यान्डका स्टुवार्ट ब्रोडले र जोफ्रा आर्चरले समान ३-३ विकेट हात पारे भने क्रिस वक्सले पनि आफ्नो नाममा दुई विकेट आफ्नो नाममा दर्ता गराए ।  

पाकिस्तानलाई ३२६ रनको मध्यम योगफलमा रोक्न सफल भए पनि इङ्ग्ल्यान्डले आफ्नो पहिलो पारीमा आफ्ना सबै विकेट गुमाएर मात्र दुई सय १९ रन बनाउन सक्यो र पहिलो पारीमा एक सय सात रनले पछि पर्यो । इङ्ग्ल्यान्डको लागि ओली पोपले सर्वाधिक ६२ रन बनाए भने विकेट किपर ब्याट्सम्यान जस बटलर ले पनि ३८ रनको योगदान दिए । त्यस बाहेक स्टुवार्ट ब्रोडले पनि अविजित रहँदै २९ रन जोड्न सफल भए । 

इङ्ग्ल्यान्डलाई पहिलो पारीमा सस्तैमा रोक्ने क्रममा पाकिस्तानका यासिर शाहले सर्वाधिक चार विकेट लिए भने मोहम्मद अब्बासशदाब खानले पनि समान २-२ विकेट हात पारे ।

पहिलो पारीमा एक सय सात रनको अग्रता लिए पनि पाकिस्तानले दोश्रो पारीमा खराब ब्याटिङ गरे पछि आफ्ना सबै विकेट गुमाएर मात्र एक सय ६९ रन बनाउन सक्यो र इङ्ग्ल्यान्डलाई दुई सय ७७ रनले लक्ष्य दियो । 

पाकिस्तानको दोश्रो पारीमा  अशद शफिकले सर्वाधिक २९ तथा विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवानले २७ रन जोडे भने अन्य खेलाडीले उलेख्य योगदान दिन सकेनन् । अघिल्लो पारीमा १५६ रन जोडेका मसूद र अर्धशतक प्रहार गरेका आजम मात्र पाँच रन बनाएर पेभेलियन फर्किए ।   

पाकिस्तानी ब्याट्सम्यानहरूलाई दोश्रो पारीमा निरिह बनाउने क्रममा इङ्ग्ल्यान्डका स्टुवार्ट ब्रोडले सर्वाधिक तीन विकेट लिए भने क्रिस वक्स र बेन स्टोक्सले समान २-२ विकेट हात पारे ।

इङ्ग्ल्यान्ड र पाकिस्तान बीचको दोश्रो टेस्ट बिहिबारबाट साउथ ह्याम्टनमा सुरु हुनेछ ।

Click to comment

Trending