Headline

रोनाल्डो एक, किर्तीमान अनेक

Published

on

च्याम्पियन्स लिगबाट युभेन्टस प्रि–क्वार्टर फाइनलबाट बाहिरिए पनि रोनाल्डोको एक पछि अर्को किर्तीमान बनाउने र तोड्ने क्रम भने जारी छ ।

शुक्रबार फ्रेञ्च क्लब लायोनबिरुद्धको दोश्रो लेगमा २–१ ले जित हात पारे पनि समग्रमा २–२ को बराबरी र अवे गोलको आधारमा बाहिरिन पुग्दा रोनाल्डोले युभेन्टसका लागि दुवै गोल गरेका थिए । यस क्रममा रोनाल्डोले लगातार ९ पटकको इटालियन सिरी आ बिजेत युभेन्टसका लागि ८६ बर्ष पुरानो किर्तीमान तोडेका छन् ।

रोनाल्डोले एकै सिजन सबैभन्दा बढी गोल गर्ने क्रममा फेलिस बोरेलको नाममा रहेको किर्तीमान तोडेका थिए । रोनाल्डोको पहिलो गोलले बोरेलको सन् १९३३–३४ को सिजनमा युभेन्टसका लागि गरेको ३६ गोलको बराबरी गरेका थिए । दोश्रो गोलमा उनले नयाँ किर्तीमान रच्न पनि सफल भए ।

त्यस्तै रोनाल्डोले फ्रेन्च क्लब बिरुद्ध तीन फरक टोलीबाट गोल गर्ने किर्तीमान पनि कायम गरेका छन् । यस अघि रुड भान निस्टलरोय र जोर्ग बटले पनि तीन क्लबबाट खेल्दै एकै क्लब बिरुद्ध गोल गरेका थिए । निस्टलरोयले बायर्न म्युनिख बिरुद्ध र बटले युभेन्ट्सबिरुद्ध तीन भिन्ना भिन्नै क्लबबाट गोल गरेका थिए ।

रोनाल्डोले म्यानचेस्ट युनाइटेड, रियल म्याड्रिड र युभेन्टसबाट लायोनबिरुद्ध गोल गरेका हुन् । युभेन्टसका अध्यक्ष आन्द्रे एग्नेलीले शुक्रबारको हारका बावजुद रोनाल्डोको सराहना गरेका थिए ।

रोनाल्डो युभेन्टसका स्तम्भ हुन् । हाम्रो च्याम्पियन्स लिग जित्ने सपना थियो त्यसैले हार्नु पर्दा हामी निराश छौं । अब केही दिन सिजन मुल्यांकन गर्दै अघि बढ्ने छौं, एग्नेलीले भने ।

Click to comment

Trending