Headline

‘हारको जिम्मा म लिन्छु, म फेल भए’

Published

on

फ्रेञ्च डिफेन्डर रफाइल भारानेले आफ्नो गल्तिहरुका कारण क्लब च्याम्पियन्स लिगबाट बाहिरिएपछि हारको जिम्मेवारी लिएका छन् ।

सिटीले इतिहाद स्टेडियममा २–१ को जित निकाल्दै समग्रमा ४–२ ले च्याम्यिन्स लिगको क्वार्टर फाइनल प्रवेश गर्न सफल भयो । सेमिफाइनलमा स्थान बनाउनका लागि सिटीले अब फ्रेञ्च क्लब लायोनको सामना गर्नेछ ।

सिटीले दुवै गोल गर्दा दुवै पटक भारानेले गल्ति गरेका थिए । नवौं मिनेटमा भारानेले क्लियर गर्न ढिलाई गर्दा बल फुत्काएपछि स्टर्लिङले सिटीलाई अग्रता दिलाएका थिए । दोश्रो पटक हेडरमार्फत भारानेले निकै कमजोर ब्याक पास दिएपछि ग्याब्रियल जिजसले आरामले गोल गर्ने मौका पाएका थिए ।

यसबीचमा करिम बेन्जेमाले गोल गरेपनि रियलले खराब नतिजाको सामना गर्नुपर्यो । “म यो पराजय मेरै कारण भएकोमा हात उठाउन चाहन्छु, मैले यसको लागि जिम्मेवारी लिनुपर्छ,” भारानेले स्वीकारे ।

“मेरो टिममेटहरुले गरेको मिहिनेत खेर गएकोमा म निकै दुखी छु । मैले यो पराजयमा आफूले जिम्मेवारी लिनै पर्छ । यो स्तरको प्रतिस्पर्धामा गल्तिहरुले ठूलो मुल्य चुकाउनुपर्छ,” फ्रान्स राष्ट्रिय फुटबल टोलीको कप्तान पनि रहेका भारानेले भने ।

“हामीले मैदान आफ्नो सबै कुरा दिएका थियौं तर तपाई कहिले काही असफल हुन सक्नुहन्छ । आज म फेल भएको छु र म यो स्वीकार्छु,” उनले थपे ।

Click to comment

Trending