Headline

पाँच सब्स्टिच्युटको बिरुद्धमा प्रिमियर लिग क्लबहरु

Published

on

२०२०–२१ सिजनमा इङ्गलिस प्रिमियर लिग क्लबहरूले पाँच सब्स्टिच्युटको नियम बिरूद्धमा मतदान गरेका छन् ।

कोरोना भाईरसका कारण रोकिएको प्रिमियर लिग जुनमा पुन सुचारु गर्दा यो नियम लागु गरिएको थियो । क्लबको बहुमतले यसको बिरोधमा भोट गरेपछि अर्को सिजन देखि प्रिमियर लिगमा फेरी तीन सब्स्टिच्युट हुने पक्का देखिन्छ ।

प्रिमियर लिगले सब्स्टिच्युटको साथ–साथै पूर्ण फिफा प्रोटोकल भिएआर प्रयोग गर्ने विषय कार्यान्वयनलाई अनुमोदन गरेका छन् । भिएआर परिवर्तनमा गोल, रातो कार्ड र पेनाल्टी किकहरूको लागि पिच साइड मोनिटरहरूको रेफ्रीले प्रयोग गर्नु पर्ने छ ।

साथै पेनाल्टी किक प्राहर गर्दा गोलकिपरको एक खुट्टा लाइनमा हुनु पर्ने छ । यदी लाइनमा छैन भने त्यो पेनाल्टी फेरी प्रहार गर्नु पर्ने हुन्छ तर गरेको पेनाल्टी प्रहर पोस्टमा लाग्छ वा बहिर जान्छ भने त्यो पुन प्रहार गर्न नपाउने नियम बनेको छ ।

फिफाले लिगमा चाहेको खण्डमा नियमको निरन्तर प्रयोगको लागि अनुमति दिए पनि अन्य क्लबहरुले ठुलो टोलीलाई मात्र यसको फाईदा मिलेको बुझाई छ ।

फिफाले भने पाँच सब्स्टिच्युटको नियमा २०२१ अगस्ट सम्म लागु गर्ने व्यवस्था रहेको छ । च्याम्पियन्स लिग, युरो कप र कोपा अमेरिकाले पनि यो नियम प्रयोग गर्न सक्नेछन् । प्रिमियर लिगका क्लबहरुले बेञ्चमा अधिकतम सात बैकल्पिक खेलाडीको पक्षमा पनि मतदान गरेको छ ।

Click to comment

Trending