Headline

बेलले भने ‘मलाई अब रियलबाट खेल्न मन छैन’

Published

on

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेललाई युएफा च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटी विरुद्धको दोस्रो लेगका लागि नराख्नुको कारण बेल आफै भएको बताएका छन् ।

बेलले आफै रियलबाट आफूलाई खेल्ने इच्छा नभएको बताएको जिदानले खुलाएका छन् । “उनले मलाई खेल्न मन छैन भने त्यही कारण टोलीमा राखिन” जिदानले भने ।

३१ बर्षिय बेलले यो सिजन रियलका लागि १४ खेल मात्र खेलेका छन्। “उनीसँग मेरो व्यक्तिगत कुरा भएको थियो उनले आफैल म खेल्दिन भने पछि नराखेको हुँ,” जिदान भन्छन्।

रियल म्याड्रिड म्यानचेस्टर सिटीसँगको पहिलो लेगको खेलमा २-१ ले पराजित भएको थियो । रियललाई दोस्रो लेग जित्नै पर्न दवाव छ।

बेलको रियलमा भविष्य अन्यौलमा परेको छ। बेलको रियलसँग २०२२ सम्म सम्झौता रहेको छ। बेलको सम्झौता  पछि चिनिया वा एमएलएस क्लब जाने हल्ला सुनिदै आएको छ।

Click to comment

Trending