Headline

च्याम्पियन्स लिग सुचारु हुँदा थाहा पाउनु पर्ने कुराहरु

Published

on

कोरोना भाईरस महामारीका कारण रोकिएको च्याम्पियन्स लिग शुक्रबार राति पुन सुचारु हुदैछ । मार्च ३ देखि रोकिएको प्रतियोगितालाई युरोपियन फुटबल महासंघले कडा सतर्कता र सावधानीकाबीच खाली रँगशालामा खेलाउन गइरहेको हो ।

च्याम्पियन्स लिगमा अन्तिम १६ का खेलहरु चलीरहदा युरोपमा कोरोना भाईरसको संक्रमण ह्वातै बढे पछि प्रतियोगितालाइ अनिश्चितकालिन रुपमा बन्द गरिएको थियो ।
अन्तिम १६ का आठ मध्ये चार खेलहरुको दुवै लेग सक्किसकेको छ । सक्किएका खेलहरुमा एट्लेटिको म्याड्रिडले लिभरपुललाई ३–२, आरबी लाइपजिगले टोटनह्यामलाई ३–०, एट्लान्टाले भ्यालेन्सियालाई ४–३ र पेरिस सेन्ट जर्माइनले बोरुसिया डर्टमण्डलाई ३–२ ले हराउदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित बनाइसकेका छन् ।

युएफाले क्वार्टर–फाइनलको लागि पनि ड्र सर्वजनिक गरिसकेको छ । क्वाटरफाइनलमा एक लेग मात्र हुने छ भने सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइने छ । क्वार्टर–फाइनलका खेलहरुमा एट्लान्टाले पिएसजी र लाइपजिगले एट्लेटिकोसँग खेल्ने छ । अन्य खेलहरुमा भने चेल्सी र बायर्नको बिजेताले नापोली र बार्सिलोनाको बिजेता सँग र युभेन्टस र लियोनको बिजेताले म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको बिजेता सँग खेल्नेछ ।

बायर्न म्युनिख बिरुद्ध चेल्सी

यो सिजन उत्कृष्ट फर्ममा देखिएको बायर्नले चेल्सीबिरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दै छ । पहिलो लेगमा चेल्सीलाई स्ट्यामफोर्ड ब्रिजमा ३–० ले हराएको बायर्नले दोस्रो लेगमा चेल्सीलाई हराउने लक्ष्य लिएको छ । आफ्ना स्टार फर्वार्ड रोबर्ट लेवानडोस्की सहितको बलियो टोलिका साथ उत्रिने बायर्नले चेल्सीको डिफेन्सलाइ धेरै पिरोल्ने देखिन्छ । फ्रांक लाम्पार्डको चेल्सीको लागि भने चोट ठूलो समस्या बन्ने छ ।

फर्ममा रहेका क्रिष्चियन पुलिसिच, कप्तान सेजार अज्पिलिकेटा र पेद्रो बिना मैदान उत्रन बाध्य चेल्सीलाई बायर्नसँग खेल्न निकै ठूलो चुनौतिको सामना गर्नुपर्नेछ । प्रमुख खेलाडीहरु भएको स्थितिमा पनि अलायन्ज अरिनामा बायर्नको ३–० को फराकिलो अन्तर उल्ट्याउनु फलामको चिउरा चपाउनु सरह हुने थियो ।

यो खेल नेपाली समय अनुसार राति १२ः४५ मा शुरु हुने छ ।

बार्सिलोना विरुद्ध नापोली

नेपल्समा भएको खेलमा संघर्षपूर्ण १–१ को बराबरी खेल्दै नापोलीलाई रोकेको बार्सिलोनाले दोस्रो लेगका लागि भने क्याम्प नोउमा इटालियन टोलीलाई स्वागात गर्दै छ । यो खेल कसको पक्षमा जान्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । क्लब व्यवस्थापनको समस्यसँग जुधिरहेको बार्सिलोनालाई आफ्नो गुमेको लयको चिन्ता पनि रहेको छ । नापोलीका लागि सुपरस्टार लियोनल मेस्सीलाई रोक्ने नै प्रमुख रणनीति हुनेछ ।

यो खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुने छ ।

युभेन्टस विरुद्ध लियोन

बलियो युभेन्टसलाई घरमा १–० ले हराएको लियोन दोस्रो लेगका लागि भने टुरिन झर्दै छ । क्रिष्चियानो रोनाल्डो र पाउलो डिबाला र अन्य ठुलो नामले बनेको बलियो युभेन्टसलाइ लियोंनले बलियो चुनैती दिने पक्का छ । लियोनका लागि एक मात्र राहतको कुरा के भने लगातार ९ पटक इटालियन सिरी आ च्याम्पियन बनेको युभेन्टसको लय खस्कदो छ । उसले एक अंकको अन्तरले मात्र इटालीको उपाधि जितेपछि पछिल्लो ८ खेलमा मात्र दुई मा जित हात पारेको थियो ।

यो खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुने छ।

रियल म्याड्रिड विरुद्ध म्यानचेस्टर सिटी

पहिलो लेगमा रियललाइ उसकै मैदान सान्टियागो बर्नाबेउमा घुडा टेकाएको म्यानचेस्टर सिटिले दोस्रो लेगको खेल इतिहाद स्टेडियममा खेल्दै छ । पहिलो खेलमा २–१ ले हारेको रियलका लागि यो खेल जित्न निकै दवाव छ । जिनेदिन जिदानको रियललाई आफ्नो विरासत जोगाउन यो पटकको च्याम्पियन्स लिग जित्ने दवाव छ । यता सिटी भने आफ्नो पहिलो च्याम्पियन्स लिगको उपाधीका लागि सँघर्ष गर्ने छ ।

यो खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुने छ ।

Click to comment

Trending