Headline

४८ बर्षपछि उल्भ्स युरोपको क्वार्टर–फाइनलमा

Published

on

ओलेम्पियाकोसमाथि दोश्रो लेगमा कठिन जित हात पार्दै उल्भ्स युरोपा लिगमा समग्रमा २–१ को जितका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

मोलिनक्समा भएको खेलमा राउल जिमिनेजले पेनाल्टीमा गोल गरेपछि उल्भ्स ४८ बर्षपछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो । आठौं मिनेटमा ग्रिक टोलीका दोश्रो रोजाइका गोलकिपर बबी एलेनले ड्यानियल पोडेन्सलाई लडाएपछि प्राप्त पेनाल्टीलाई जिमिनेजले गोलमा परिणत गरेका थिए ।

उल्भ्सले यो सिजन सबैभ्न्दा चाडो गोल गरेको ओलम्पियाकोसबिरुद्ध नै हुन पुगेको छ । खेलमा उल्भ्सले १६ औं मिनेटमा घुँडाको चोटका कारण जोनीलाई गुमाएपछि आफ्नो लयलाई निरन्तरता दिन सकेको थिएन । त्यसपछि खेलमा ओलम्पियाकोसले नियन्त्रण राखेपनि बराबरी गोल फर्काउन असफल रह्यो ।

बिहिबार नै भएका अन्य खेलमा बायर लेभरकुसन स्कटिस क्लब रेन्र्जलाई समग्रमा ४–१ ले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गर्यो । मुसा डियाबीको एक मात्र गोलमा लेभरकुसनले दोश्रो लेगमा १–० को जित हात पारेको थियो । अर्को खेलमा एएस रोमा सेभियासँग २–० ले पराजित भयो ।

स्विट्जरल्याण्डको एफसी बासेल जर्मन क्लब फ्रांकफर्टलाई दोश्रो लेगमा १–० ले हराउन सफल भयो । बासेलले समग्रमा ४–० को जित हात पार्यो ।

Click to comment

Trending