Headline

मसूदको शतक र बलरहरू हाबी हुँदा दोश्रो दिन पाकिस्तानको कब्जामा

Published

on

घरेलु टोली इङ्ग्ल्यान्ड विरुद्ध शान मसूदको शतक र तिब्र गतिका बलरहरू हाबी हुँदा पहिलो टेस्टको दोश्रो दिनको खेल पाकिस्तानले आफ्नो कब्जा गर्न सफल भएको छ ।

दोश्रो दिनको खेलको समाप्‍तिमा पाकिस्तानले बनाएको तीन सय २६ रन पक्ष्यायको इङ्ग्ल्यान्डले चार विकेटको नोक्सानीमा ९२ रन बनाएको छ र पाकिस्तान भन्दा अझै दुई सय ३४ रनले पछि रहेको छ ।

ब्याटिङ तर्फ ओपनर मसूदले सर्वाधिक एक सय ५६ रन बनाए भने बलिङ तर्फ तीब्र गतिका बलरहरू शाहीन शाह अफ्रिदी र मोहम्मद अब्बासले इङ्ग्ल्यान्डका सुरुवाती ब्याट्सम्यानहरूको विकेट निकाल्दै खेल पाकिस्तानको पक्ष्यमा पार्न सफल भएका हुन् ।

पाकिस्तानले दोश्रो दिनको खेल दुई विकेटको नोक्सानीमा एक सय ३९ रनबाट सुरु गरेको थियो ।

अघिल्लो दिन ६९ रनमा अविजित रहेका बाबर अजामले एक रन पनि नजोडी पेभेलियन फर्किए भने पहिलो दिन ४६ रनमा अविजित रहेका मसूदले एक सय ५६ रन बनाएर स्टुवार्ट ब्रोडको सिकार भए । तीन सय १९ बलको सामना गरेका उनले १८ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै शदाब खानले पनि ४५ रनको योगदान दिए ।

इङ्ग्ल्यान्डका स्टुवार्ट ब्रोडले र जोफ्रा आर्चरले समान ३-३ विकेट हात पारे भने क्रिस वक्सले समान दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

दोश्रो दिनको खेलको समाप्‍तिमा ओली पोप ४६ तथा जस बटलर १५ रनमा अविजित रहेका छन् ।

त्यस्तै मोहम्मद अब्बास र शाहीन शाह अफ्रिदीले क्रमश दुई र एक विकेट लिए पछि इङ्ग्ल्यान्डले खराब सुरुवात गर्यो । इङ्ग्ल्यान्डका ओपनरद्वय रोरी बर्न्स र डोम सिब्ली क्रमश चार र आठ रनमा आउट भए भने कप्तान जो रुटले १४ रन जोड्दा बेन स्टोक्सले खाता पनि खोल्न सकेनन् ।

Click to comment

Trending