Headline

कप्तानी नपाएको झोकमा भ्यालेन्सियाबाट सिटीमा 

Published

on

स्पेनिस ला लिगा टोली भ्यालेन्सियाबाट केही दिन अघि मात्र २१ मिलियन पाउण्डमा विंगर फ़ेर्रन टोरेस प्रिमियर लिग टोली म्यानचेस्टर सिटीमा आबद्ध भए ।

२० वर्षीया टोरेसले भ्यालेन्सिया किन छाडे भन्नेमा धेरैको कौतुहलताको विषय बनेको थियो । यस विषयमा उनले आफैले यसको बारेमा खुलासा गरेका छन् । भ्यालेन्सियाले उनलाई टोलीको कप्तान तथा विश्वको महँगो खेलाडी मध्य एक बनाउन नसक्ने भने पछि छाड्ने निर्णय गरका हुन् ।

“मलाई भ्यालेन्सियामा नै बस्ने इच्छा थियो । मैले भ्यालेन्सियामा नै बस्नका लागि आफ्नो माग राखेको थिए । तर त्यो क्लबको भावना र मूल्यमान्यता भन्दा बाहिर पुग्न गयो । जसका कारण मैले क्लब छाड्नु बाहेक अन्य विकल्प भएन,” टोरेसले भने । “सिटीमा आबद्ध भएकोमा खुशी र उत्साहित छु ।”

“म सात वर्षको हुँदा यस क्लबमा आएको थिए । यत्रो लामो समय यहाँ बिताए पछि अचानक छाड्न पर्दा दुखी पनि छु ।”

त्यस्तै टोरेसले क्लबले उनलाई राम्रो व्यवहार नगरेकोमा पनि दुख व्यक्त गरे । क्लबमा आफ्नो स्थान पाँचौँ विंगरका रुपमा रहेकाले पनि क्लब छाड्ने निर्णयमा पुगेको बताए ।

Click to comment

Trending