अन्तर्राष्ट्रिय

कोहली भएको भए सबैले उनको चर्चा गर्दथे तर उनी कोहली होइनन् बाबर हुन्

Published

on

इङ्ग्ल्यान्ड बिरुद्धको पहिलो टेस्टको पहिलो दिन वर्षाका कारण खेल प्रभावित भयो र मात्र ४९ ओभरको खेल मात्र हुन सक्यो ।

अबिद अली तथा खाता पनि खोल्न नसकी आउट भएका कप्तान अजर अली पेभेलियन फर्किय पछि दबाबमा आएको पाकिस्तानको पारी सम्हाल्ने क्रममा चौथो नम्बरमा ब्याटिङ गर्न आएका बाबर अजामले दिनको खेलको समाप्तिमा अविजित रहँदै ६९ रन जोडे । उनले तेश्रो विकेटका लागि शान मसूदसँग अविजित ९६ रन जोडेका छन् ।

इङ्ग्लिस कन्डिसनमा जेम्स एन्डरसन, स्टुवार्ट ब्रोड, जोफ्रा आर्चर जस्ता बलहरु विरुद्ध उत्कृष्ट प्रदर्शन गरे पछि इङ्ग्ल्यान्ड टोलीका पूर्व कप्तान तथा कमेन्टेटर नासिर हुसेन बाबरको तारिफ गर्नमा जुटे । त्यस्तै उनले यस्तै अवस्थामा भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले खेलेको भए सबैले तारिफ गर्ने गरेको तर बाबरले खेल्दा कसैले पनि केही नभनेकोमा पनि दुख व्यक्त गरे ।

‘यदि यो केटो बिराट कोहली भएको भए सबैले उसको बारेमा कुरा गर्दथे र गुणगान गाउथे । तर उनी बाबर आज़म हुन् त्यसैले कसैले पनि उनको कुरा गर्दैनन्,’ नासिरले भने ।

बाबर युवा खेलाडी भएको र उनको खेल्ने शैली पनि उत्कृष्ट भएको पनि नासिरले बताए । त्यस्तै सबैले ‘फ्याब फो’ को कुरा गर्ने गरेको तर बाबरलाई पनि त्यही स्थानमा राखेर ‘फ्याब फाइभ’ बनाउन पर्नेमा पनि उनले जोड दिए ।

‘सबैले ‘फ्याब फो’ को मात्र कुरा गर्दछन् । तर बिराट कोहली, स्टिभ स्मिथ, केन विलियमसन र जो रुट मात्र नभएर आजमलाई पनि राखेर ‘फ्याब फाइभ’ हो ।’

Click to comment

Trending