Headline

जिदानले सिटिबिरुद्धको खेलमा पनि बेललाई टिममा राखेनन्

Published

on

रियल म्याड्रीडले वेल्स फुटबलर ग्यारेथ बेललाई युइएफा च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटि विरुद्धको दोस्रो लेगको खेलका लागि टोलिबाट बहिर निकालेको छ।

जिनेदिन जिदानले  बुधबार  निकालेको २४ सदस्यीय टोलिमा बेल र जेम्स रोड्रीगेजलाई समाबेश नगरेका हुन् ।

म्याड्रीडको जर्सीमा यस सिजन कमै खेल खेलेका बेलको भविष्य पनि अन्योलमा परेको छ।

रियलले ला लिगाको उपाधि उचालेको बेला पनि एक्लै उभिएको फोटो समाजिक सन्जालमा आएको थियो।

रियलसँग बेलको सम्झौता २०२२ मा सकिदै छ।  वेल्स युरो कपमा छ्नोट भए पछि गरिएको रमाइलोमा ‘वेल्स,गल्फ,म्याड्रीड  , यो क्रममा ‘  लेखिएको झन्डा लिएको फोटो समाजिक संजालमा आए पछि बेलको म्याड्रिडमा  चौतर्फी विरोध भएको थियो ।

त्यही समय देखि बेललाई रियलको जर्सीमा धेरै देखिएको छैन । उनललाई खेल भैरहदा रियलका समर्थकहरुले पनि सिट्टी बजाउदै जिस्काएका थिए । उनको जिदानसँग सम्बन्ध पनि नराम्ररी बिग्रिएको छ।

Click to comment

Trending