Headline

अभियोग लागेको केहि दिनमै भेनेजुएला फुटबल संघको अध्यक्षको मृत्यु

Published

on

भेनेजुएला फुटबल संघका अध्यक्ष जिजस बर्नार्डलीको अचेत अवस्थामै अस्पताल लगिएको दुई हप्ता पछि मृत्यु भएको छ ।

उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघले जनाएको छ । उनी दुई हप्ता अघि अचानक ढलेको र अस्पताल पुगे पछि अन्य रोगहरु पनि देखिए पछि मृत्यु भएको हो ।

बर्नार्डली ६१ वर्षका थिए । बेर्नार्डलीलाई समाजिक कोषको दुरुपयोग गरेको अभियोग लागेको १६ दिन पछि मृत्यु भएको हो ।

उनलाइ स्वासप्रस्वासको सम्स्या भए पछि अस्पतालको भेन्टिलेटरमा राखिएको केही दिनमै मृत्यु भएको हो । उनको मृत्यु भए पनि भेनेजुएला फुटबल संघले अनुसन्धान भने नरोक्ने बताएको छ ।

Click to comment

Trending