Headline

वर्षाले प्रभावित खेलमा अजामको अर्धशतकमा इङ्ग्ल्यान्ड बिरुद्ध सम्हालिदै पाकिस्तान  

Published

on

बाबर अजामले अर्धशतक प्रहार गरेसँगै खराब सुरुवात गरेको पाकिस्तान घरेलु टोली इङ्ग्ल्यान्ड विरुद्ध वर्षाले प्रभावित पहिलो टेस्टको पहिलो दिन सम्हालिएको छ । 

लगातारको वर्षा र पछि खराब प्रकाशका कारण खेल रोकिनु अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिनको खेलको समाप्ति सम्ममा ४९ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा एक सय ३९ रन बनाएको छ ।

२७ बलमा १६ रन बनाएका ओपनर अबिद अली तथा खाता पनि खोल्न नसकी आउट भएका कप्तान अजर अली पेभेलियन फर्किय पछि दबाबमा आएको पाकिस्तानको पारी ओपनर शान मसूद र चौथो नम्बरमा ब्याटिङ गर्न आएका बाबर अजामले सम्हालेका थिए । 

तेश्रो विकेटका लागि अजाममसूदले अविजित ९६ रन जोडेका छन् । एक सय बलको सामना गरेका अजाम ६९ तथा एक सय ५२ बल खेलेका मसूद ४६ रनमा अविजित छन् ।

इङ्ग्ल्यान्डका जोफ्रा आर्चर र क्रिस वक्सले समान १-१ विकेट हात पारेका छन् ।     

Click to comment

Trending