IPL

आईपीएल नखेल्दा कुनै पछुतो छैन : स्टार्क

Published

on

अस्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) मा नखेल्ने भएकोमा कुनै पछुतो नभएको जनाएका छन् ।

स्टार्कले यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने भनिएको ट्वान्टी ट्वान्टी विश्वकपका लागि तयारी गर्ने भन्दै आईपीएलबाट आफ्नो नाम फिर्ता लिए । तर कोरोना भाइरसका कारण विश्वकप एक वर्षका लागि पछि धकेलिए पनि आईपीएल भने आफ्नो सुरुवाती मितिबाट पछि सरेर सेप्टेम्बरमा आयोजना हुने भएको छ । यस वर्षको आईपीएल सेप्टेम्बर १९ बाट युएईमा सुरु हुनेछ ।

पहिले नै आफ्नो नाम फिर्ता लिएका कारण उनले यस बर्ष सहभागिता जनाउना पाउने छैनन् । तर पनि उनि आफुलाई कुनै पनि पछुतो नभएको बताउछन् । आईपीएलमा आफु नभएको र विश्वकप पनि सरेको अवस्थामा उनको अबको लक्ष्य अब सुरु हुने अन्तरास्ट्रिय सिजनको लागि तयार रहने हो ।

‘मेरा साथीहरू आईपीएलमा व्यस्त रहे पनि म अहिले खाली भएकोमा खुशी छु । म अब आगामी अन्तर्राष्ट्रिय सिजनको लागि तयारी सुरु गर्छु । यदि अर्को बर्ष मलाई खेल्न मन लागेको खण्डमा अथवा समर्थकरुले मेरो खेल हेर्ने इच्छा व्यक्त गरेको खण्डमा पक्कै खेल्ने छु । यस वर्ष म आफ्नो निर्यण प्रति सन्तुष्‍ट छु,’ स्टार्कले भने ।

स्टार्कले आईपीएलमा हाल सम्म मात्र २७ खेल खेलेका छन् । उनले सन् २०१४ र २०१५ को दुई सिजन रोयल च्यालेन्जर्स बैङ्गलोरबाट २७ खेल खेल्दै ३४ विकेट हात पारेका थिए । सन् २०१८ को सिजनमा कलकत्ता नाइटराइडर्स उनलाई बैङ्गलोरबाट नौ करोड ६० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरे पनि घाइते भएका कारण खेल्न सकेनन् ।

Click to comment

Trending