Headline

फुलह्याम फेरी प्रिमियर लिगमा

Published

on

ब्रेन्टफोर्ड फुटबल क्लबलाई २–१ ले हराउदै फुलह्याम घटुवा भएको एक बर्ष नबित्दै फेरी प्रिमियर लिगमा फर्किएको छ ।

च्याम्पियनसिपमा अन्तिम दिनको प्ले अफमा फुलह्यामलाई जिताउन जो ब्रायनले दुवै गोल गरेका थिए । निर्धारित ९० मिनेटमा कुनै गोल नभए पछि एक्स्ट्रा टाइममा ब्रायनले फुलह्यामलाई जिताएका थिए । उनले १०५ र ११७ औँ मिनेटमा गोल गरेका थिए ।

ब्रेन्टफोर्डका लागि एक्स्ट्रा टाइमको अतिरिक्त समयमा हेन्रिक डल्सगार्डले सन्त्वना गोल गरेका थिए ।

२०१७–१८ को सिजनमा च्याम्पियनशिपबाट प्रिमियर लिग आएको फुलह्याम २०१९–२० को सिजन फेरी च्याम्पियनशिप फर्किएको थियो । २०२०–२१ मा हुने सिजनका लागि फुलह्याम प्रिमियर लिगमा उक्लिएको हो । यस्तै फुलह्यामसँगै उक्लिएका अन्य दुई क्लब भने लिड्स युनाइटेड र वेष्टब्रोमविच आल्बियन रहेका छन् ।

यता प्रिमियर लिगबाट भने वाट्फोर्ड, बर्नमाउथ र नर्विच घटुवा हुँदै च्याम्पियनशिपमा झरेका थिए ।

Click to comment

Trending