Headline

भारत चीन सिमा विवाद बीच आईपीएलले तोड्यो भिभोसँगको सम्झौता 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) ले भिभोसँगको सम्झौता रद्द गरेको छ ।

आईपीएलले भारत र चीन बढ्दै गएको विवादका कारण आफ्नो मुख्य प्रायोजक बाट चाइनिज मोबाइल भिभोसँगको सम्झौता रद्द गरेको हो । गत जुनमा भारत र चीन बीच सीमामा विवाद बढ्दै गए पछि झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु पनि भएको थियो ।

त्यस पछि भारतमा चीन विरोधी घटनाहरू बढ्न थाले जसका कारण भारतमा चीनको सामानहरूको प्रयोग पनि कम हुन थाल्यो । यसै बीच भारतीय क्रिकेट बोर्डलाई पनि आईपीएलको मुख्य प्रायोजकका रुपमा रहेको चाइनिज मोबाइल कम्पनीसँगको सम्झौता तोड्न पर्ने बहस चल्न थालेको थियो ।

बोर्डले भने परि आएको खण्डमा भिभोसँगको सम्झौता बारेमा निर्णय लिन सक्ने जनाएको थियो । तर दुई दिन अघि मात्र बोर्डले सेप्टेम्बर १५ देखि नोभेम्बर १० सम्म युएईमा आईपीएल आयोजना गर्ने जनाएको थियो त्यस समय सम्म पनि भिभो नै मुख्य प्रायोजक रहेको जानकारी दिएको थियो ।  

यस विषयमा भिभो र भारतीय क्रिकेट बोर्ड दुवैले आधिकारिक धारणा भने जारी गरेका छैनन् । 

सन् २०१५ को आईपीएलबाट भिभो भारतीय क्रिकेट बोर्डसँग जोडिएको हो । सुरुमा दुई वर्ष मुख्य प्रायोजक रहेको भिभोले २०१७ को सिजन पछि सन् २०१८ देखि सन् २०२२ सम्मका लागि पाँच वर्षको सम्झौता गरेको थियो । जसको रकम तीन सय ४१ मिलियन डलर रहेको थियो ।    

Click to comment

Trending