Headline

व्यस्त इङ्गल्याण्डको क्रिकेट, आज एकदिवसीय भोलि टेस्ट

Published

on

कोरोना भाइरसका कारण लामो समय क्रिकेटको कुनै गतिविधि हुन सकेको थिएन । सबै ठप्प हुन पुग्यो । एसिया कप र विश्वकप सम्मका ठुला क्रिकेट प्रतियोगिता समेत स्थगित भए । त्यसमा फ्रेन्चाइज लिगहरु पनि अछुतो रहन सकेनन् ।

कोरोनाको प्रभावका कारण धेरै देशले आयोजना गर्ने र आफूले गर्ने भ्रमण पनि रद्द गर्न पुगे । अहिले पनि प्राय देशले आफूले गर्ने भ्रमण रद्द गर्ने भन्दै समाचारहरू बाहिरिँदै छ ।

तर यसै बिच कोरोनाले धेरै नै प्रभाव पारेको देश इङ्गल्याण्ड भने क्रिकेटमा फर्किसकेको छ । त्यति मात्र नभएर उसको व्यस्तता पनि धेरै नै बढेको छ । इङ्गल्यान्ड टोली यति धेरै व्यस्त छ कि उसले करिब डेढ महिनाको अन्तरालमा छ टेस्ट र समान ३–३ ट्वान्टी ट्वान्टी र एकदिवसीय खेल खेल्दै छ त्यो पनि तीन फरक देशविरुद्धको चारवटा श्रृंखलामा ।

इङ्गल्याण्ड टोली यति सम्म व्यस्त भइरहेको छ कि उसले मङ्गलवार एकदिवसीय र बुधबार टेस्ट खेल्दै छ त्यो पनि दुई फरक देशसँग । इङ्ग्ल्यान्डले मङ्गलवार आयरल्यान्डविरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै छ भने बुधबा। बाट उसको पाकिस्तानसँगको तीन टेस्टको श्रृंखला हुन गइरहेको छ ।

जुलाई ८ बाट शुरु भएको वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको शृङ्खला जुलाई २८ मा सक्किएको थियो । पहिलो खेल गुमाएको इङ्गल्याण्डले बाँकीका दुई खेल जित्दै तीन खेलको श्रंखला २–१ ले जितेको थियो । त्यसको दुई दिन पछि उसले आयरल्यान्डविरुद्धको पहिलो एकदिवसीय श्रृंखलाको पहिलो खेल खेलेको थियो ।

 

इङ्गल्याण्डले खेलेको 

इङ्गल्याण्ड बिरुद्ध वेस्ट इन्डिज 

पहिलो टेस्ट  :    जुलाई ८ – १२

दोश्रो टेस्ट    :    जुलाई १६ – २०

तेश्रो टेस्ट     :    जुलाई  २४ – २८

इङ्गल्याण्ड बिरुद्ध आयरल्यान्ड 

पहिलो एकदिवसीय     :    जुलाई ३०

दोश्रो एकदिवसीय       :     अगस्ट १

इङ्गल्याण्डले खेल्ने

इङ्गल्याण्ड बिरुद्ध आयरल्यान्ड 

तेश्रो एकदिवसीय       :     अगस्ट ४

इङ्गल्याण्ड बिरुद्ध पाकिस्तान 

पहिलो टेस्ट              :       अगस्ट ५ – ९

दोश्रो टेस्ट                :       अगस्त १२ – १७

तेश्रो टेस्ट                 :       अगस्ट २१ –  २५

पहिलो ट्वान्टी ट्वान्टी     :       अगस्ट २८

दोश्रो ट्वान्टी ट्वान्टी       :       अगस्ट ३०

तेश्रो ट्वान्टी ट्वान्टी        :       सेप्टेम्बर १

Click to comment

Trending