Headline

कतारको एसियन कप उपाधिबिरुद्ध युएईको मुद्दा खारेज

Published

on

कतारले २०१९ को एसियन कपमा दुई अयोग्य फुटबलरलाई खेलाएको आरोपमा युएईले लगाएको मुद्दा खेलकुदको उच्च अदालत कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्स (सिएएस) खारेज गरिदिएको छ ।

कतारले फेब्रुवरीमा भएको फाइनलमा जापानलाई ३–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक एसियन कप जितेको थियो । २०२२ को बिश्वकप आयोजनाका लागि पुर्वधारको हिसाबमा कतार तयार हुन सकेपनि खेल्नका लागि भने तयार नरहेको आरोप लागिरहदा उसले एसियन कपको उपाधि बिदेशी भुमिमै जितेर देखाएको थियो ।

फाइनल प्रवेश गर्ने क्रममा कतारले सेमिफाइनलमा आयोजक युएईलाई हराएको थियो । युएईले सेमिफाइनलपछि स्टार फर्वार्ड अल्मोइज अलि र डिफेन्डर बसम अल–रवि कतारका लागि खेल्न अयोग्य रहेको भन्दै मुद्दा दायर गरेको थियो । युएईले दुवै खेलाडीको आमाहरु कतारमा नजन्मिएको कारण उनीहरु उक्त देशबाट खेल्न अयोग्य रहेको बताउदै आएको थियो ।

तर एसियाली फुटबल महासघ र त्यसको अपिल कमिटीले युएईको आरोपमा असहमति जनाएको थियो । मुद्दालाई युएईलाई सिएएसमै लगेपनि पछि अल–रविबिरुद्धको मुद्दा भने फिर्ता लिएको थियो । अल–रवि सेमिफाइनलमा दोहोरो पहेलो कार्डका कारण निलम्बनमा परेकोले खेलेका थिएनन् ।

सिएएसले मार्चमा भएको पछिल्लो सुनुवाईपछि सोमबार उक्त अपिलबिरुद्ध निर्णय गरेको थियो । सिएसले कतारमै जन्मिएकी आमासँग कतार र सुडानको दोहोरो नागरिकता रहेको र अलि कतारी नागरिककै रुपमा कतारबाट खेल्न योग्य रहेकोमा आफू पूर्ण रुपमा सन्तुष्ट रहेको निर्णय सुनाएको थियो ।

Click to comment

Trending